काठमाडौं, ४ वैशाख-कतारमा २०२२ मा आयोजना हुने फुटबल वर्ल्ड कपको तयारीमा जुटिरेका ५ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण पोजेटिभ देखिएको छ । सबै कर्मचारी फरकफरक ३ स्टेडियमका हुन् । वर्ल्ड कपसँग जोडिएको कोरोना भाइरस संक्रमणको यो पहिलो घटना हो ।
कतार वर्ल्ड कप व्यवस्थापक कमिटीले बताएअनुसार अल-थुमामा स्टेडियममा सुप्रिम कमिटीको कन्ट्रयाक्टरका रूपमा काम गर्ने स्टाफका २ सदस्य कोरोना भाइरस संक्रमण पाइएको छ । यीबाहेक अन्य ३ कामदारलाई पनि संक्रमण देखिएको छ । तीमध्ये १ अल-रायन स्टेडियम र अन्य २ जना अल-बायत स्टेडियममा कार्यरत थिए ।
कतार फिफा वर्ल्ड कपका लागि ७ वटा नयाँ स्टेडियम निर्माणका क्रममा छन् । एउटा स्टेडियमको काम सम्पन्न भएर आधिकारिक रूपमा खुल्ला पनि गरिएको छ ।