काठमाडौं, ३ वैशाख-नेपाल वायुसेवा निगमकाे कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरिएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले तीन महिनायता रिक्त पदमा पूर्वसचिव घिमिरेलाई नियुक्त गरेकाे हाे ।
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १८ महिना सचिव भएर काम गरेका थिए । यसअघि निगमका कार्यकारी अध्यक्ष मदन खरेल ४ वर्षे कार्यकाल पूरा नगरी माघ ०७६ मा राजीनामा दिएर अष्ट्रेलियातिर हिँडेपछि उक्त पद रिक्त थियाे ।
पर्यटनमन्त्री योगेश भट्टराईले घिमिरेको संयोजकत्वमा साउनमा निगम सुधारका लागि कार्यदल गठन गरेका थिए । ५ सदस्यीय उक्त कार्यदलले १ असोजमा विस्तृत प्रतिवेदनसमेत बुझाएको थियो ।