सनसिटीमा बस्ने सबै व्यक्तिको परीक्षण गरिंँदै, संक्रमितसँग संलग्नहरूको ट्रेसिङ सुरु

 न्यूज विराट
सनसिटीमा बस्ने सबै व्यक्तिको परीक्षण गरिंँदै, संक्रमितसँग संलग्नहरूको ट्रेसिङ सुरु

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना भएको पुष्टिभएसँगै सतर्कता बढाइएको छ । बेलायतबाट आएका एकै परिवाका ३ जनामा कोरोनाको आशंका गरिएकामा २ जनामा पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सनसिटी अपार्टमेन्टमा बस्ने सबै जनाको परीक्षण सुरु गरिएको छ । यो अपार्टमेेेन्टमा १ हजार ५ सय जना बस्ने गरेको बताइएको छ । त्यस्तै, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि सुरु भएको बताइएको छ ।

कन्ट्याक्ट ट्रेसिङअन्तर्गत ती व्यक्तिले सम्पर्क गरेका व्यक्तिहरूलाई कोरोना लक्षण नदेखिए पनि नमुना लिएर परीक्षण गर्ने गरिन्छ । हालसम्म नेपालमा १६ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये १ जना ठीक भइरसकेका छन् ।

सम्बन्धित समाचार

नेपाल र रावल एमाले पार्टीबाट निलम्बित

नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । एमालले पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि दुवै पार्टी सदस्यबाट निलम्बन गरेको हो । पार्टी साधारण सदस्यबाट नै...

विराटनगरका रोहितलाई गोली हानी हत्यामा संलग्न पाँचै जना प्रहरी फन्दामा, पेस्तोल बेच्नेसहित थप तीन जना पक्राउ

विराटनगर ।  विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत ११–सुनसरी र मोरङका दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका–३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको...

सरकारविरुद्ध प्रदर्शन गर्ने ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ । एमसीसी, कोरोना संक्रमितको उचित उपचार, विदेशमा अलपत्र परेकालाई नेपाल फर्काइ व्यवस्थापनलगायतका माग युवाले गर्दै प्रदर्शन भएको हुन् । उनीहरूले अमेरिकी सहयोग नियोग एमसीसी राष्ट्रका...

बढाएको पैसाँ फिर्ता हुनुपर्ने माग राख्दै महेन्द्र मोरङ क्याम्पस विरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी ब्याम्पसले बढाएको रकम फिर्ता हुनुपर्ने काम राख्दै विद्यार्थीले क्याम्पस विरुद्ध मुद्धा दायर गरेका छन् । नँया क्याम्पस प्रमुख आएपछी लागू गरिएकाले पहिलो तिरेको रकम फिर्ताको माग राख्दै महेन्द्र...

ओलीले पार्टीको निर्णय मान्नु पर्ने अगेनो रेष्टुरेन्ट भेलाको निष्कर्ष

काठमाडौं, १७ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको भेलाले ओलीलाई स्थायी कमिटीको बैठकले गरेको निर्णय मान्न निर्देशन दिने निष्कर्ष निकालेको छ । बुधबार दिउँसोबाट सुरु भएको ललितपुरको अगेनो रेष्टुरेन्टमा...

प्रहरीलाई देख्नसाथ लागूऔषध फ्याँकेर फरार दुई जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छ । मोरङ सुनवर्षी नगरपालिका ८ हर्चनगढी टोलमा बस्ने २८ वर्षिय प्रदिप कुमार राजवंशी र सोही ठाउँका २२ वर्षीय अपसर आलम लागूऔषधसहित पक्राउ परेका...

एक हप्ताभित्र कोरोना बिमाको रकम भुक्तानी गर्न विराटनगरका पत्रकारहरुको माग

विराटनगर । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट रकम नपाएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्