ब्राजिलका नागरिक बोकेर दिल्ली उड्दै नेपाल एयरलाइन्स

 न्यूज विराट
ब्राजिलका नागरिक बोकेर दिल्ली उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, २ वैशाख-पाल वायु सेवा निगमले मंगलबार भारतको नयाँ दिल्ली उडान भर्दैछ ।विमानले नेपालमा रहेका ब्राजिलियन नागरिक लिएर जान अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

ब्राजिलियन राजदूतावासले निगमको जहाज चार्टर गरेको हो । लकडाउनका कारण नेपालमा रोकिएका ब्राजिलियन नागरिकलाई विमानले नयाँ दिल्ली छोडेर फर्कने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

३१ जना यात्रु लिएर विमान दिउँसो साढे १ बजे नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछ । लकडाउनका कारण नेपालमा रोकिएका झण्डै ४ हजार विदेशी नागरिकलाई उनीहरुकै देश फर्काइसकिएको छ ।

सम्बन्धित समाचार

रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो

काठमाडौं, २३ साउन-स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्ली बजार कारागारका जेलर गणेश आचार्यका अनुसार उनको खुट्टा सुनिएपछि वीर अस्पताल पर्‍याइएको हो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन...

अब ५० हजारभन्दा कम रकम बैंकमा डिपोजिट गर्न नपाइने

वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्स संघले विद्युतीय कारोबालाई प्राथमिकता दिन सर्वसाधारणलाई आग्रह गरेक‍‍ो छ । नेपाल राष्ट्र बैंकले एक चाैथाइ कर्मचारी राखेर सेवा दिन निर्देशन गरेकोमा बैंकर्स संघले तोकिएका काममा मात्रै बैंक आउन भनेको हो ।...

पोखरीया स्कुलमा भर्ना हुन प्रवेश परीक्षा, ४ सयको कोटामा १८ सय ५३ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । नयाँ शैक्षित्र–सत्रका लागि भर्ना अभियान चलिरहँदा कतिपय विद्यालयलाई विद्यार्थी पाउन मस्किल परिरहेको छ । तर, विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयलाई भने भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षा (इन्ट्रान्स)...

चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित...

संखुवासभा हत्या प्रकरण : हत्या गरिएकी रञ्जनाको मोबाइल लोकबहादुरका भाइसँग

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएका भनिएका लोकबहादुर कार्कीका भाई नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा...

विमान दुर्घटनामा ज्यान गुमाउने २२ जनाकै शव फेला

मुस्ताङको थसाङ गाउँपालिका–२ मा तारा एयरको विमान दुर्घटना हुँदा निधन भएका २२ जनाको शव फेला परेको छ । नेपाली सेनाले विमानमा रहेका २२ जनाकै शव फेला परेको जानकारी दिएको हो । २१ जनाकाे शव साेमबार...

प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् । सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका...

सुनसरीको दुहबीमा निःशुल्क भिआइए जाँच शिविर , ५५ जनाले गराए स्वास्थ्य परीक्षण

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाको सुनापुरमा निःशुल्क भिआइए विधि द्धारा पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर आयोजना गरेको छ । दुहबी नगरपालिकाको आयोजनामा करुणा फाउण्डेसन नेपाल र फिमेल क्यान्सर फाउण्डेसन, नेदरल्याण्ड्सको सहयोगमा सीसीएसपी तालिम प्राप्त स्वास्थ्यकर्मीहरुका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्