बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

 न्यूज विराट
बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्‍याउँदै  मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रसव व्यथाले च्यापेपछि सोमबार बिहान प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएकी पाण्डेलाई उपचारको लागि पोखरा पठाइएको थियो । पाठेघरभन्दा बाहिर गर्भ बसेर (इक्टोपिक प्रिजेन्सी) गर्भासय  नली फुटेर अत्याधिक रक्तश्राव भएको भेटिएपछि बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्रले धौलागिरी अञ्चल अस्पताल बागलुङ रिफर गरेको थियो ।

अञ्चल अस्पताल बागलुङ पठाउने तयारी थाल्दै गर्दा पाण्डेको अधिक रक्तश्राव भएपछि बडिगाड गाउँपालिकाको पहलमा हेलिकोप्टरमार्फत पोखरा पठाएको हो ।

गण्डकी अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले महिलाको अस्पताल नआउँदै मृत्यु भइसकेको  बताए । मृतक भुषाललाई बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरबाट उद्धार गरी हेलिकोप्टरमार्फत पोखरा ल्याइएको थियो ।

सम्बन्धित समाचार

कमल थापाले छोडे राप्रपा, नयाँ पार्टी खोल्ने तयारी

काठमाडौं, २४ माघ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् । थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार...

एसईई २०७७ को नतिजा प्रकाशित

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले...

तुलसी सहकारीमा घोटला प्रकरण : प्रबन्धकसहित तीन जना जेल चलान

विराटनगर । ठगी मुद्दामा विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन जना सञ्चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् । पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको...

४६ जिल्लाको मतपत्रको छपाइ सकियोः निर्वाचन आयोग

काठमाडौं, ५ वैशाख । निर्वाचन आयोगले हालसम्म ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जानकारी दिएको छ । ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए...

विराटनगर म्यूजिक फेस्टिबल हुने, तयारी भव्य गर्दै

विराटनगर । तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबल हुने भएको छ । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा म्यूजिक फेस्टिबल हुने भएको हो । फेस्टिबलको भव्य तयारी सुरु गरिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी...

स्वर्गीय कृष्ण देवानको स्मृतीमा छात्रवृत्ती स्थापना

विराटनगर । विराटनगर – ९ मा रहेको इडेनवर्ग कलेजले विराटनगरका सक्रिय पत्रकार प्रेम देवानका स्वर्गीय बुवा कृष्ण देवानको नाममा जहेन्दार विद्यार्थीलाई छात्रवृद्धी प्रदान गर्ने भएको छ । प्रत्येक वर्ष स्वर्गीय कृष्ण देवानको स्मृतीमा इडेनवर्ग कलेजले...

नेकपा प्रचण्डसमुहद्वारा विराटनगरमा मशाल जुलुस

विराटनगर, २१ माघ । सरकारलेसंसदीय सुनुवाईको प्रकृया पुरा नगरी संवैधानिक आयोगहरुमा नियुक्त पदाधिकारीलाई शपथग्रहण गराएको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समुहले बुधबार साँझ विराटनगरमा मशाल जुलुस प्रदर्शन गरेको छ । संवैधानिक परिषद्ले गरेको नियुक्ति...

आजकाे माैसम : पहाडी क्षेत्रमा चट्याङ्सहित वर्षाकाे सम्भावना

काठमाडौं, ५ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्