प्रधानमन्त्री ओली र मोदीबीच फोन सम्वाद, आपूर्ति व्यवस्था सहज बनाउने विषयमा छलफल

 न्यूज विराट
प्रधानमन्त्री ओली र मोदीबीच फोन सम्वाद, आपूर्ति व्यवस्था सहज बनाउने विषयमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन् ।भारतीय प्रधानमन्त्री मोदीसित आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न विषयमा छलफल गरेको प्रधानमन्त्रीले जानकारी दिएका छन् । उनले भारत सरकारले नेपाललाई औषधिलगायतको सहयोगका लागि धन्यवाद दिएको प्रधानमन्त्री ओलीले ट्विटमार्फत जानकारी दिएका हुन् ।

‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो’ उनले ट्विटमा लेखेका छन् ‘भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ ।’

त्यस्तै मोदीसँग कोरोना भाइरसका विरुद्धको अझ सशक्त बनाउने विषयमा कुराकानी भएको उनले बताए । दुवैले कोरोनाविरुद्धको सहकार्यलाई अझै सशक्त बनाउने विषयमा सहमत भएको प्रधानमन्त्री ओलीले ट्विटमा उल्लेख गरेका छन् । ‘कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौँ’ उनले लेखेका छन् ।

सम्बन्धित समाचार

संक्रमित बढ्दै गएपछि कपिलवस्तुलाई सिल गरियो

बुटवल, २९ वैशाख-कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना नियन्त्रण एवं परीक्षणलाई प्रभावकारी बनाउन ५ जेठसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । आज साँझ ५ बजे...

शोकमा बदलियो उत्सव, ३ को मृत्यु, २८ मा कोरोना संक्रमण

एजेन्सी, बैशाख ५-ब्राजिलमा एक परिवारको उत्सव त्यसबेला शोकमा बदलियो जब पार्टीमा सामेल भएका तीन जनाको मृत्यु भयो भने १० जनामा कोरोना संक्रमण देखियो । सायद एउटा जन्मदिनको पार्टीले यस्तो घटना निम्त्याउन सक्छ भन्ने कसैले पनि...

करिब १ करोडको सुनसहित तीन जना पक्राउ

काठमाडौं, माघ २९–प्रहरीले करिब १ करोड रुपैयाँबराबरको सुनसहित तीन जना पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले उनीहरूलाई बुधबार थानकोट सतुंगलबाट पक्राउ गरेको हो । पक्राउ...

अमेरिकामा अफ्रिकी मूलका प्रदर्शनकारीमाथि ट्रक चलाइयो

एजेन्सी, जेठ १९-अमेरिकाको मिनेशोटा राज्यमा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लाइडको मृत्युलाई लिएर भइरहेको प्रदर्शनमा एक चालकले ट्रक चलाएका छन् । मिनेशोटाको मिनियापोलिसमा गत साता अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लाइडको प्रहरीले घाँटी थिचेका कारण मृत्यु भएपछि...

पत्रकार सुशीला पाठकलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार दिइने

नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोष ग्रामथान–२ झोराहाटबाट स्थापित यस वर्षको झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजन विराटनगरकी संवाददाता सुशीला पाठकलाई दिने घोषणा गरिएको छ ।  कोषको आइतबार बसको बैठकले पाठकलाई सो पुरस्कार दिने घोषणा गरेको...

नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका ७ जनाले जिते कोरोना

काठमाडौं, ११ जेठ-नारायणी उपक्षेत्रीय अस्पतालबाट आज आइतबार ७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किन सफल भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मुक्ति पाएर डिस्चार्ज हुनेको संख्या ८७ जना पुगेको...

एनबीएससीसँग नेपाल पुलिस स्तब्ध, फाइनलमा आर्मी र एनबीएससी भिड्दै

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो । एनबीएससीले लगातार तेस्रो जित निकाल्दै...

ओली-प्रचण्डबीच आज पनि ३ घण्टा छलफल

काठमाडौं, ४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्