धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियो

 न्यूज विराट
धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियो

धनुषामा एक जना वडा अध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखिएको छ । आइतबार भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दबावमा ‘क्वारेन्टाइन’मा राखिएको हो ।

भारतको मधुवनीबाट आइतबार दिउँसो उनी घर फर्केपछि स्थानीय त्रसित बनेका थिए । इलाका प्रहरी कार्यालय खजुरीमा स्थानीयले वडाध्यक्ष पाठक भारतबाट आएको जानकारी गराएपछि प्रहरीको सक्रियतामा उनलाई ‘क्वारेन्टाइन’मा राखिएको जनकनन्दनी गाउँपालिकाका प्रशासकिय अधिकृत कुलानन्द झाले जानकारी दिए ।

उनलाई सोही गाउँपालिका वडा नं.४ स्थित उच्च माध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको ‘क्वारेन्टाइन’मा राखिएको छ । वडा अध्यक्षसँगै सो ‘क्वारेन्टाइन’मा अहिले भारतबाट फर्केर आएका ९ जना छन् । धनुषामा १६ वटा ‘क्वारेन्टाइन’स्थल वनाइएको छ । जसमा अहिले ८८ जना रहेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा बिहिबार ६६ कोरोना संक्रमित थपिए, १८ डिस्चार्ज

विराटनगर, २२ साउन–प्रदेश १ मा बिहिबार ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष...

इन्डोनेसिया भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

काठमाडौं, ३ माघ-इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापितसमेत भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको...

सुन्दरहरैचामा हात्तीको आक्रमण, दुई जना घाइते

विराटनगर । मोरङमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार...

आफनो समूहका प्रभावशाली नेता विभाजित भएकाले तत्काल नयाँ पार्टी बनाउन नसकेको माधव नेपालको स्वीकारोक्ति

काठमाडौँ, जेठ २२ । नेकपा (एमाले)ले साधारण सदस्य समेत बाट हटाइएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू निकटका जिल्ला अध्यक्ष र सचिवसँग प्रभावशाली नेताहरूको मत बाझिएका कारण तत्काल नयाँ पार्टी गठनको सम्भावना कम रहेको बताउनुभएको छ...

सुनसरीको हरिनगरामा कटुवा पेस्तोल सहित १ जना पक्राउ

विराटनगर, २४ जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-४ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन । बिशेष सुचनाको आधारमा आज...

सप्तकोशीसहित करोडौं कर बुझाउन सिमेन्ट उद्योगको अटेर

विराटनगर । कोशी प्रदेशका सिमेन्ट उद्योगहरुले प्रदेश सरकार र स्थानीय सरकारलाई कर तिर्न अटेरी गरेका छन् । प्रदेशमा २७ वटा सिमेन्ट उद्योग दर्ता रहेकोमा सञ्चालनमा रहेका १४ वटा सिमेन्ट उद्योगले दुई वर्षदेखि कर तिर्न इन्कार...

चिनियाँ राजदूतको रहस्यमय मृत्युले इजरायलमा हलचल

एजेन्सी, जेठ ४–इजरायलमा नयाँ सरकारको शपथग्रहणभन्दा केही घण्टापहिले नै चिनियाँ राजदूतको रहस्यमय मृत्युले हलचल मच्चिएको छ । चिनियाँ राजदूत डू वेई तेलअभिवको हर्टजलियास्थित घरमा मृत फेला परेका थिए । यो घटनाको पुष्टि इजरायलको विदेश मन्त्रालयले...

सुरक्षाकर्मी जोखिमकाबीच कर्तव्यपथमा, ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ जेठ-मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्