पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घट्यो

 न्यूज विराट
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरिएको आयल निगमले जनाएको छ । यसअघि १०६ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री हुँदै आएरहेको थियो ।

त्यसैगरी डिजेल र मट्टीतेलको खुद्रा मूल्य पनि १०/१० रूपैयाँ घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य ८५ रूपैयाँ कायम भएको छ । यसअघि पनि २ रूपैयाँ घटाएको थियो ।

भारतीय आयल निगमले नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण पेट्रोलियम पदार्थको खपतमा उच्च गिरावट आइरहेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपति पुटिनको कार्यकाल बढाउने पक्षमा भारी बहुमत

एजेन्सी, असार १८-रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा भारी बहुमत प्राप्त भएको छ । रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा...

चौथो कोरोना संक्रमितसँगै नेपाल आएका विराटनगरका युवा क्वारेन्टाइनमा

नेपालमा फेला परेका कोरोना भाइरसका चौथो संक्रमित व्यक्तिसँगै आएका विराटनगरका एक युवा र उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । कैलालीको धनगढीका ३४ वर्षीय एक व्यक्ति चौथो संक्रमित भएको पुष्टि भई उपचाररत छन् । उनीसँगै...

प्रदेश–५ का सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय

बुटवल, ३ वैशाख-प्रदेश–५ ले सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो । प्रदेशभरीका १ सय ९ स्थानीय...

नेपालमा थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

काठमाडौं, २७ असार । नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको...

फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

एजेन्सी, असार १-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सो घोषणाअनुसार सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुला हुनेछन् भने अन्य युरोपेली राष्ट्रको...

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण- मंसिरसम्म १ लाख ९३ हजारभन्दा बढी कोरोना संक्रमित थपिन्छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा भदौदेखि क्रमश: कोरोना संक्रमित घट्दै गए पनि मंसिरसम्म १ लाख ९३...

मुसहर समुदाय माथिको विभेद अन्त्य गर्न माग

विराटनगर, २४ माघ । जिल्ला भेलाको आयोजना गरी सुनसरीका मुसहर समुदायले आफुहरु माथिको विभेद अन्त्यको माग गरेका छन् । सुनसरीको इनरुवा जिल्ला भेलाको आयोजना गरेको मुसहर समुदायले आफुहरु माथिको असमानताको खाडल पुरिनु पर्ने बताउँदै अधिकार...

महाकवि देवकोटा जयन्ती मनाइँदै

काठमाडौं, २९ कात्तिक-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्