सरकारले कोरोना भाइरसको नमुना परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई किट पठाउने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार बेलुका भर्जुयल प्रेस मिटमार्फत कोरोना भाइरस नमुना परीक्षणका लागि प्रतिष्ठानलाई किट पठाउन लागिएको बताएका हुन्।
यसअघि सरकारले विराटनगर र नेपालगंजबाट नमुना संकलन गरेर विमानमार्फत काठमाडौं ल्याउने गरेको थियो । छोटो दूरीका स्थानबाट भने एम्बुलेन्सको प्रयोग गरी नुमना संकलन काठमाडौं ल्याउने गरिएको थियो । सरकारले कोरोनाको नमुना परीक्षणलाई विस्तार गर्न नीति अनुरुप अन्य ठाउँमा पनि किट पठाउने तयारी भइरहेको उनले बताए ।