अफ्ठ्यारोमा परेकालाई उद्धार र सहयोग गर्न नेकपाको अपिल

 न्यूज विराट
अफ्ठ्यारोमा परेकालाई उद्धार र सहयोग गर्न नेकपाको अपिल

विराटनगर, चैत १२–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले आफु बसेको ठाउँको अवस्थाको सूचना राख्न र अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न पार्टी सदस्यहरुलाई आव्हान गरेको छ । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेतीले बुधबार एक अपिलल जारी गर्दै संघीय, प्रदेश र स्थानीय सरकार तथा प्रशासनले गरेको निर्णयहरु पूर्ण पालना गर्न पार्टीपंक्ति र कार्यकर्ताहरुलाई निर्देशन समेत गरेका हुन्।

‘लकडाउन’ को अवस्थामा विपन्न परिवारका बालबच्चा, रोगी, जेष्ठ नागरिक र भोकै बस्नुपर्ने तथा औषधिसमेत नपाउने अवस्था समाजमा आइपर्न सक्ने तर्फ ध्यान दिन नेकपाले आग्रह गरेको छ । अपिलमा क्षेत्रीय, पालिका, स्थानीय कमिटी तथा जनसंगठनका सदस्यहरुलाई आवश्यक समन्वय, उद्दार, राहात तथा सबै प्रकारको सहयोग गर्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै...

प्रदेश १ को मन्त्रीपरिषद विस्तार

विराटनगर, माघ ५–प्रदेश एकको सरकारले मन्त्रीपरिषद बिस्तार गरेको छ । ५ सदस्यिय मन्त्रिपरिषद रहेको प्रदेश सरकारमा ४ जना राज्य मन्त्रीहरु थप गरिएका छन । थप गरिएका राज्य मन्त्रीहरुमा रामबहादुर थापा मगर भुुमि ब्यवस्था,कृषि तथा सहकारी...

कार चोरीमा संग्लग्न ३ जना लागुऔषध सहित पक्राउ

विराटनगर, २४ माघ । मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे...

नेकपा अध्यक्ष पोखरेलको पहलमा मन्त्री घिमिरेले गरे रतुवामाईका क्वारेन्टाइन निरिक्षण

विराटनगर, जेठ २२–प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरुको निरिक्षण गरेका छन् । संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको पहलमा स्वास्थ्य प्राविधिक टोलीका साथमा पुगेका मन्त्री...

कांग्रेसकाे संसदीय दल बैठक बस्दै

काठमाडौं, १५ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो । समसामयिक...

गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना

विराटनगर, २२ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । क्लबले विराटनगरस्थित रानी हेल्थ पोष्टमा गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना...

संशोधित निशान छाप प्रयोग गर्न संघीय मन्त्रालयको पत्राचार

काठमाडौं, ११ असार-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संशोधित निशान छाप प्रयोग गर्न मातहतका निकायलाई पत्राचार गरेको छ ।यसअघि गृह  मन्त्रालयले काटेको पत्रका आधारमा बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह, सबै...

कटहरीले ल्यायो ७४ बुद्धे नीति तथा कार्यक्रम

विराटनगर । कटहरी गाउँपालिकाले पूर्वाधार, कृषी र स्वास्थ्यलाई प्राथामिकता राखेर आगमी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७४ बुद्धे नीति तथा कार्यक्रम बिहीबार सार्वजानिक गरेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्