सवारी दुर्घटनाबाट ८ महिनामा ५३ जनाको मृत्यु

 न्यूज विराट
सवारी दुर्घटनाबाट ८ महिनामा ५३ जनाको मृत्यु

विराटनगर, फागुन ३०–मोरङमा पछिल्लो ८ महिनामा सवारी दुर्घटनामा परी ५३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा मोरङमा ५३ जनाको मृत्यु भएको छ भने ४ सय ५२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विभिन्न सडक खण्डमा मोटरसाइकल, टिपर, बस, ट्रयाक्टर, ट्रक, माइक्रो, जिपकार, टेम्पु, लगायतका सवारी साधन दुर्घटनामा ९० जना गम्भीर घाइते भएको प्रहरीको तथ्याङमा उल्लेख छ । दुर्घटनाबाट ५ जना बालबालिका, ५ जना महिलासहित ४३ जना पुरुषको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले जानकारी दिए ।

अघिल्लो वर्ष सोही अवधिमा भएको दुर्घटनामा परी ७५ जनाले ज्यान गुमाएका थिए । पछिल्लो समय मोरङमा सवारी दुर्घटना कम गर्न विभिन्न ठाउँहरुमा टाइम कार्ड लागू गरिएको बताउदै चेकिङलाई समेत प्राथमिकतामा राखिएको प्रहरी निरिक्षक पोद्दारले बताए ।

सम्बन्धित समाचार

भव्य भयो मोर्डन एराको अभिभावक दिवस

विराटनगर । विराटनगर– ३ मा रहेको मोर्डन एरा स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच...

प्रदेशमा हड्ताल गरे जरिवानासहित कैद गर्ने विधेयक पेस

जनकपुरधाम, १६ असार-नागरिकता विधेयकविरुद्ध आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारले प्रदेश २ मा हड्ताल गर्ने, गराउने र सहयोगीलाई जरिवानासहित कैद गर्ने विधेयक प्रदेशसभामा पेस गरेको छ । आवश्यक सेवा सञ्चालन गर्न बनेको विधेयकमा...

सरकारले कित्ता काट खोल्न गरेको पत्राचार स्वागतयोग्यः व्यवसायी

विराटनगर, २४ भदौ-मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ता काट खोल्न गरेको पत्राचारको स्वागत गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४...

चालू वर्ष नेपालको आर्थिक वृद्धिदर १.८

काठमाडौं, २७ वैशाख-विश्‍व बैंक्ले चालू आर्थिक वर्षमा नेपालको आर्थि वृद्धिदर अधिक १.८ प्रतिशतिसम्म हुने अनुमान गरेको छ । यसअघि १.८ देखि २ .५ प्रतिशतको प्रक्षेपण गरेकोमा पुन: विश्‍व बैंकले १.८ प्रतिशतमा खुम्चने अनुमान गरेको छ...

पाँच दिन स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन नहुने

काठमाडौं, ६ कात्तिक-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादसैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन...

एलपी ग्याँस विक्रेता संघ मोरङको १५ औं साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न

विराटनगर । एलपी ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५ औँ साधारण सभा सम्पन्न भएको छ। शनिबार सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एलपी ग्यास बिक्रेता संघ मोरङका अध्यक्ष गणेश...

लकडाउन लम्बिने संकेत, ५ जेठपछि मोडालिटी परिवर्तन हुने

काठमाडौं, जेठ २-कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गरेर जाने निर्णय गरेकाे हो । स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले...

मालवाहक सवारीसाधनका चालक/सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न माग

विराटनगर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरूले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्