ग्रीनल्याण्ड कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान

 न्यूज विराट
ग्रीनल्याण्ड कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान

कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था ग्रीनल्याण्ड कलेज (१०+२) लाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२’ प्रदान गरिएको छ। चन्द्रलोक प्रतिष्ठान नेपालद्वारा प्रदान गरिएको उक्त सम्मान काठमाडौँमा आयोजित एक विशेष समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हस्तान्तरण गरेका हुन्।

कलेजले विशेषगरी मेडिकल, इन्जिनियरिङ र CMAT प्रवेश परीक्षामा उपत्यकाबाहिरकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको आधारमा यो सम्मान प्राप्त गरेको हो।

सम्मान प्राप्तिपछि कलेज प्रशासनले एक विज्ञप्ति जारी गर्दै यो उपलब्धिमा महत्वपूर्ण भूमिका खेलेका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा समाजप्रति आभार प्रकट गरेको छ। कलेज परिवारका अनुसार यस्तो सम्मानले भविष्यमा अझ लगनशीलताका साथ शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने प्रेरणा मिलेको छ।

ग्रीनल्याण्ड कलेज विगतदेखि नै विज्ञान तथा व्यवस्थापन सङ्कायमा उत्कृष्ट शैक्षिक परिणामका कारण लोकप्रिय रहँदै आएको छ।

सम्बन्धित समाचार

कोशी सरकारविरूद्ध परेको रिट हेर्न नभ्याइनेमा

विराटनगर । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएकोले त्यसलाई खारेज गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको...

टिभिएसको ग्राण्ड एक्सेनज मेलामा उपभोक्ताको भिड 

विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी...

एस्पायर कलेजमा विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–१४ मलायरोडमा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमको रुपमा सञ्चालित एस्पायर कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखकरण गराएको छ । शैक्षिक सत्र २०२३ मा बि.पि.एच. तथा बि.टेक.एड.आईटीमा भर्ना भएका ६१ जना नयाँ विद्यार्थीहरुलाई इटहरीस्थित...

तेलि कल्याण समाजद्धारा रक्तदान, ४१ पिन्ट रगत संकलन

विराटनगर । तेलि कल्याण समाजले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।१२ पिन्ट अत्ति आवश्यक भएका...

मोरङमा ट्राफिक प्रहरीको ‘लापसे’ अभियान तिव्र, लापसे गरेर सवारी चलाउने ८ जना पक्राउ

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लापसे ( लागू पदार्थ सेवन ) गरेर सवारी साधन चलाउने ८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध...

सत्कार कलेजमा भव्य विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरस्थित सत्कार होटेल एण्ड टुरिजम स्कुलले आफ्ना १२ कक्षाका विद्यार्थीहरूलाई भव्य विदाई समारोहको आयोजना गरेको छ। एकै कार्यक्रममा कलेजले ११ कक्षाका विद्यार्थीहरूलाई औपचारिक स्वागत समेत गरेको छ।शुक्रबार आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल सकल देव...

कोशी कोभिडलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने

विराटनगर, असार १–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला...

कटहरीको सडक बनाउन माग राख्दै सडक अवरुद्ध, शुक्रबार दुई घण्टा गर्ने तयारी

विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्