२१ बुँदे कोशी प्रदेश खेलकुद सम्बन्धी विराटनगर घोषणापत्र’ जारी

 न्यूज विराट
२१ बुँदे कोशी प्रदेश खेलकुद सम्बन्धी विराटनगर घोषणापत्र’ जारी

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी दुई दिने अन्तरक्रिया र छलफल कार्यक्रममा कोशी प्रदेश खेलकुद सम्बन्धी विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आज विराटनगरमा दुई दिने खेलकुद सरोकारवाला, निजी क्षेत्र, स्थानीय तहसँग अन्तरक्रिया र छलफल कार्यक्रम २१ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।

बोर्डले जारी गरेको घोषणापत्रमा सङ्घीय सरकार, कोशी प्रदेश सरकार र सुन्दरहरैंचा नगरपालिकाको साझेदारीमा निर्माण हुने कोशी प्रदेश खेलकुद ग्रामको निर्माणलाई तीव्रता दिन पहलकदमी लिने, खेलाडीलाई नियमित प्रशिक्षणलाई अनिवार्य गर्ने साथै रिफ्रेस कोर्स तालिमहरू सञ्चालन गर्ने, खेलाडी अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने बाट उल्लेख गरिएको छ।

त्यस्तै, घोषणापत्रमा खेलकुदको विकासमा निजी क्षेत्रलाई महत्वपूर्ण साझेदारका रूपमा स्वीकार गरि खेलकुद क्षेत्रमा निजी क्षेत्रले गर्ने लगानीको अभिलेखीकरण गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतको सहयोग खेलकुद क्षेत्रमा लगानी गर्ने कानुनी व्यवस्था निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने, प्रदेश सरकार समक्ष खेल क्षेत्रमा प्राथिमिकता तय गर्न आवश्यक सल्लाह र सुझाव पेश गर्ने जनाइएको छ।

प्रदेशमा खेल पूर्वाधार निर्माणमा सार्वजनिक-निजी साझेदारी अवधारणालाई अघि बढाउन प्रदेश सरकार समक्ष सुझाव पेश गर्ने, प्रदेशमा साहसिक खेलकुद पर्यटनको अवधारणा अघि बढाउन पहल गर्ने कुरा समेत उल्लेख गरिएको छ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले अन्तरक्रिया र छलफल कार्यक्रमबाट आएको कुरा समेटेर घोषणापत्र जारी गरिएको जानकारी दिनु भयो।

अन्तरक्रिया र छलफल कार्यक्रममा प्रदेशका विभिन्न पालिकाका प्रमुखहरू, खेलाडी-प्रशिक्षक, खेल संघका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

पूर्वाञ्चल विश्वविद्यालयबाट साढे ६ हजार विद्यार्थी दीक्षित

विराटनगर । पूर्वाचल विश्वविद्यालयले आफ्नो एघारौं दीक्षान्त समारोह मनाएको छ। विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न दीक्षान्त समारोहमा ६ हजार ५१३ जना विद्यार्थीलाई दीक्षित गरिएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा...

एमएम कप क्रिकेटमा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

मोरङका थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का...

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता, लुम्बिनी र कर्णाली प्रदेश विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गको छ ।टस जितेर पहिले...

कोशी अस्पतालमा बेथीति प्रकरण, आफु निकटको चिकित्सक नियुक्त गर्न खोलिएको विज्ञापन स्थगित

विराटनगर । चौतर्फी विरोध भएपछि विराटनगरस्थित कोशी अस्पतालमा आफु निकटको चिकित्सक नियुक्त गर्न आव्हान गरिएको विज्ञापन स्थगित गरिएको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरि फागुन ११ गतेको लागि लिने भनिएको अन्तर्वार्ता अर्को सूचना...

मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भए एसपी दीपक पोखरेल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । विराटनगर– १९ मिलन चोककी २८ बर्सिया प्रियङ्का सुनारको हत्या आफ्नै श्रीमानको योजनामा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै प्रियाकाको हत्या गर्न २९ वर्षीय श्रीमान् रमेश साहसहित प्रहरीले...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा झापा र सुनसरी विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्