४ जीपीए ल्याउने ७ जनाले रोजे एभरेष्ट

 न्यूज विराट
४ जीपीए ल्याउने ७ जनाले रोजे एभरेष्ट

विराटनगर । एसईई मा ४ जीपीए ल्याउने ७ जनाले विराटनगर–५ स्थित एभरेष्ट कलेजलाई रोज्ने भएका छन् । ति मध्ये चार जनाले बिहिबार भर्ना गरिसकेको एभरेष्ट कलेजले जनाएको छ ।

कलेजका अनुसार बिहीबार एभरेष्ट बाट एसईई दिएका प्रेम खतिवडा र कृती गोयल यस्तै झापा गौरादह स्थित माउण्ट एभरेष्टका अर्पण राय र मोरङकै पथरी शनिश्चरे स्थित वाल्मीकि स्कुलका निश्चल न्यौपानेले एभरेष्टमा भर्ना गर्नु भएको हो । यस्तै आइतबार ४ जीपीए ल्याउने थप तीन जनाले भर्ना गर्ने एभरेष्ट कलेज प्रशासनले जानकारी दिएको छ ।

एभरेष्ट कलेजले कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा २४५ जना मात्र भर्ना लिने जनाएको छ । जसमध्ये विज्ञान संकायमा चार सेक्सनका लागि १४० विद्यार्थी र व्यवस्थापन संकायका तीन सेक्सनका लागि १०५ जना मात्र विद्यार्थी भर्ना लिने भएको हो । एभरेष्टले प्रत्येक कक्षामा ३५ जना मात्र विद्यार्थी अध्यापन गराउँदै आएको छ । यस वर्षदेखि एआई (कृतिम बौद्धिकता) र साइबर सेक्यूरिटी लगायतका विषयको समेत कक्षा सञ्चालन गर्ने भन्दै एभरेष्टले विद्यार्थीको शैक्षिक उन्नयनका लागि अतिरिक्त  ‘माई सेकेण्ड टिचर’ को प्लेटफर्म समेत तयार गरेको छ । जहाँबाट अभिभावकले आफ्नो सन्तानले कति जानेको रहेछ भन्ने सहजै थाहा पाउन सक्छन् भने विद्यार्थीहरुले कलेजमा सिकेका कुराहरुलाई दोहोर्‍याई–दोहोर्‍याइ अध्ययन गर्ने तथा अभ्यास गर्न पाउने छन् । यसैगरि एभरेष्टले मेडिकल तथा इन्जिनियरिङ फिल्ड रोज्ने विद्यार्थीको लागि ‘प्रि मेडिकल’ र ‘प्रि इन्जिनियरिङ’ कक्षा सञ्चालन गर्दै आएको छ । काठमाडौंका ख्यातिप्राप्त संस्थाहरु नेम र पीईए सँगको सहकार्यमा प्रि कक्षाहरु सञ्चालन गर्दै आएको कलेजले जनाएको छ

यसैबीच अभिभावक र विद्यार्थीको आग्रहमा असार १८ को प्रवेश परीक्षामा सहभागि हुन नपाएका पहाडी तथा आसपासका जिल्लाका विद्यार्थीलाई लक्षित गर्दै शनिवार पुनः प्रवेश परिक्षा लिइने एभरेष्टले जानकारी गराएको छ । एभरेष्टका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार बाहिरबाट आउने विद्यार्थीको आग्रह अनुसार शनिवार विहान ८ बजेदेखि प्रवेश परिक्षा तोकिएको हो । उक्त दिन कारणवस १८ गते सहभागि हुन नसकेको मोरङकै विद्यार्थीलाई मौका दिइने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

प्रदेश १ मा आज ११ संक्रमित थपिए

विराटनगर, १८ असार–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा...

पोलियो दिवसमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वार सचेतना र्याली

विराटनगर, ९ कात्तिक । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व पोलियो दिवसको अवसरमा विराटनगरमा सचेतना र्याली निकालेको छ । डाउनटाउनले अन्य चारवटा क्लबसहितको आयोजनामा सचेतना र्याली निकालेको हो ।रोटरी भवनबाट सुरु भएको र्याली मेनरोड हुँदै...

मनमोमह स्मृती पोलिटेक्निकमा ‘मनमोहन स्पोर्टस् मिट २०७६’ सम्पन्न

विराटनगर, फागुन १–मोरङको बुढिगंगा गाउँपालिका–४ स्थित मनमोहन स्मृती पोलिटेक्निक इन्स्टीच्युटले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै यस वर्ष पनि भव्य रुपले १२ औँ ‘मनमोहन स्पोर्टस् मिट २०७६’ सम्पन्न गरेको छ । गत माघ २७ गतेदेखी बिहिबारसम्म...

जीवन विकासको गोल्डकपको उपाधि पशुपति क्बलको पोल्टामा

विराटनगर । जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति रिपोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।मोरङको जहदा गाउँपालिका – ३ मा शनिवार सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति रिपोर्टिङ क्लबले उपाधि...

स्रोत नखुलेको साढे १९ लाख सहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले स्रोत नखुलेको साढे १९ लाख रुपैयाँ बरामद गरेको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–५ साहेबगन्जका ४९ वर्षीय सुरेप्रसाद साहलाई स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । उनलाई बुधबार...

काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना संक्रमण

बिहीबार काठमाडौं उपत्यकामा ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । १५२ महिला र २११ पुरुष गरी उपत्यकामा आज ३ सय ६३ संक्रमित थपिएका हुन् । देशभर आज ६ हजार ५ सय ८८ को पीसीआर...

डिल्लीबजार कारागारको पुरानो भवन भत्कियो

काठमाडौं, ६ असार-डिल्लीबजारस्थित कारागारको बाहिर पुरानो भवन भत्किएको छ । भवनको भत्किएर बिजुलीको पोल ढल्दा ट्रान्समिटर पड्किएको छ ।मानवीय क्षति भने केही नभएको प्रहरीले जनाएको छ । १९६० तिर निर्माण भएको कारागारको भवन २०७२ सालमा...

सुनसरीको दुहवीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ९ असार । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्