मेरिल्याण्ड कलेजमा पहिलो पटकको विज्ञान विषयको प्रवेश परीक्षामा विद्यार्थीहरूको उत्साहजनक सहभागि
बिहिबार, १९ असार, २०८२,
न्यूज विराट
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गर्ने विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजमा बिहीबार विज्ञान विषयको प्रवेश परीक्षामा ४७७ जना विद्यार्थी उपस्थित भएका छन्। कलेजले पहिलो पटक विज्ञान विषयमा प्रवेश परीक्षा सञ्चालन गरेको हो। मेरिल्याण्ड कलेजमा विज्ञान विषयमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कलेज व्यवस्थापनमा अझ उत्साह थपिएको कुरा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए। ‘हामीले पहिलो पटक विज्ञान विषयमा प्रवेश परीक्षा सञ्चालन गरेकोमा यति धेरै विद्यार्थीहरूको सहभागिता पाएर हामी अत्यन्त उत्साहित छौं,’ उनले भने। प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरू मोरङ, सुनसरी, सिराहा, उदयपुर, धनकुटाजस्ता जिल्लाका विभिन्न स्थानबाट आएका थिए। गौरादहबाट प्रवेश परीक्षा दिन आएकी प्रिसा दंगालले आफू मेरिल्याण्ड कलेजमा पढ्न धेरै उत्साहित भएको बताइन्। ‘मेरिल्याण्ड कलेजको शिक्षाको गुणस्तर र उत्कृष्ट परिणामको कारणले मैले यहाँ अध्ययन गर्ने निर्णय गरेको हुँ,’ उनले भनिन्। सिराहाबाट आएका अर्का विद्यार्थी शिरिष यादवले मेरिल्याण्डमा प्रतिस्पर्धी शुल्कमा राम्रो पढाइ हुने कुरा सुनेर आफूले यहाँ पढ्ने निर्णय गरेको बताए। ‘यहाँको शिक्षाको गुणस्तर र किफायती शुल्क संरचनाले मलाई यो कलेजतर्फ आकर्षित गरेको छ’, उनले भने। मेरिल्याण्ड कलेजका कोअर्डिनेटर मनिष पोखरेलले आफूले काम गरेको ९ वर्षको अनुभवमा मेरिल्याण्ड कलेजले गुणस्तरमा कुनै पनि कमी हुन नदिने भएकाले विद्यार्थीहरूको विज्ञानमा पनि पहिलो रोजाइ नै मेरिल्याण्ड बन्न पुगेको बताए। ‘हामीले व्यवस्थापन शिक्षामा जुन सफलता हासिल गरेका छौं, त्यही गुणस्तरलाई विज्ञान विषयमा पनि कायम राख्नेछौं,’ उनले भने।
कलेजका अधिकारीहरूका अनुसार, विज्ञान विषयमा भर्ना हुने विद्यार्थीहरूका लागि आधुनिक प्रयोगशाला, अनुभवी शिक्षकहरू र गुणस्तरीय शिक्षा सामग्रीको व्यवस्था गरिएको छ। कलेजले विज्ञान विषयमा पनि उत्कृष्ट परिणाम हासिल गर्ने लक्ष्य राखेको छ। मेरिल्याण्ड कलेजको उत्कृष्ट शैक्षिक कीर्तिमानलाई हेर्दा वि.सं.२०८१ सालको कक्षा १२ को बोर्ड परीक्षामा कलेजका ९७.७७ प्रतिशत विद्यार्थी उत्कृष्ट जिपिए सहित उत्तीर्ण हुन सफल भएका थिए। यो उपलब्धिले कलेजको गुणस्तरीय शिक्षाको प्रमाण दिन्छ। गौरव के कुरा यो हो कि मेरिल्याण्ड कलेज विगत २२ वर्षदेखि व्यवस्थापन शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था मानिन्छ। कलेजले आफ्नो स्थापनादेखि नै गुणस्तरीय शिक्षा प्रदान गरेर हजारौं विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्याएको छ। कलेजका प्रिन्सिपल ढकालले विज्ञान विषयमा भर्ना हुने विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गरेर उनीहरूको भविष्य उज्ज्वल बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘हामी विज्ञान विषयमा पनि त्यही उत्कृष्टता प्राप्त गर्नेछौं जुन हामीले व्यवस्थापनमा प्राप्त गरेका छौं,’ उनले भने।
विराटनगर, साउन १३–कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर...
काठमाडौंमा एउटा आपराधिक समूहले एक किलो नक्कली सुन दिएर ५५ लाख ठगी गरेको छ । उक्त समूहले काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने एक किलो पहेंलो धातुलाई सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ...
विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...
विराटनगर, २ कात्तिक । सुनसरीको धरानमा मंगलबार पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर एकै परिवारका एक बालिका र एक बालकको मृत्यु भएको हो । सुनसरी धरान उपमहानगरपालिका–...
सिरहा, ११ भदौ-सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत...
विराटनगर, २२ फागुन । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका– २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ। सोमबार विभिन्न कार्यक्रममा सहभागी हुन ओखलढुङ्गा पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशीको विरोधमा आन्दोलन गरिरहेका असन्तुट पक्षले आक्रमणको प्रयास गरेका हुन । स्थानीयबासीका...