विराटनगरका मिटरब्याजी मन्टुलाई प्रशासनमा झिकाउन प्रहरीलाई निर्देशन, मोबाइल अफ गरेर सम्पर्कविहीन
बिहिबार, १९ असार, २०८२,
न्यूज विराट
विराटनगर । विराटनगरका कुख्यात मिटरब्याजी सञ्जय प्रसाद रौनियार उर्फ ‘मन्टु’लाई जिल्ला प्रशासन कार्यालय, मोरङमा झिकाउन प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ। बिहीबार मोरङ प्रहरीले पाएको पत्रमार्फत जिल्ला प्रशासन कार्यालयले मन्टुलाई अविलम्ब कार्यालयमा उपस्थित गराउन आदेश दिएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता विनोद कुमार पोखरेलका अनुसार मन्टुलाई छलफलका लागि अघिल्लो हप्ता पनि बोलाइएको थियो। तर, उनी “बेहोस भएको” बहाना बनाएर छलफलबाट फुत्किए। त्यसपछि उनले मोबाइल फोन पनि बन्द गरेर आफूलाई सम्पर्कविहीन बनाएका छन्।
‘विपक्षी मन्टुलाई पटक–पटक बोलाउँदा पनि छलफलमा नआई मोबाइल अफ गरेर बसेकाले प्रक्रियामा बाधा पुगेको छ। त्यसैले उनलाई तुरुन्त उपस्थित गराउन पत्रचार गरिएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
मन्टुविरुद्ध हालसम्म २० जना पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। उनीहरूमा गुल्जार मियाँ, दिलिपक मण्डल, संगीता कामत, सावित्रा प्रसाई, बेबी खातुन, रोसनी खातुन, मिना शाक्या, मञ्जु शर्मा, गणेश राय, गोपाल राउत, राजेन्द्र चौधरी, अमित यादव, खगेन्द्र कुमार केवरत, साजिद मियाँ, परमेश्वर कामत, दिपक कुमार रायलगायत रहेका छन्। पीडितहरूका अनुसार, जेलमुक्त भएपछि मन्टुले फेरि झूटो तमसुक देखाएर अदालतमा मुद्दा हाल्ने, हुलाकमार्फत पैसा माग्ने र मानसिक त्रास फैलाउने काम थालेका छन्। २०७७ सालमा ठगी र आपराधिक लाभको मुद्दामा मन्टुविरुद्ध मोरङ प्रहरीमा १७ जनाले उजुरी दिएपछि उनी पक्राउ परेका थिए। त्यसपछि २०७७ माघ २० मा मोरङ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी मोरङ कारागार चलान भएका थिए। जेलमा रहँदा पीडितसँग सहमति गर्दै मन्टुले आफ्नो पत्नी ज्योती रौनियारलाई प्रतिनिधि बनाइ १७ जनालाई जग्गा फिर्ता गरिदिएका थिए। यसकै आधारमा २०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतले उनलाई ठगी र आपराधिक लाभको मुद्दाबाट सफाइ दिएको थियो। तर, सफाइ पाएको दुई वर्षपछि उनले ती पीडितहरूमध्ये ११ जनालाई फिर्ता गरिसकेको जग्गाको पैसा अझै बाँकी रहेको भन्दै पत्र पठाएर धम्की दिन थालेका छन्। सुनवर्षी–४ का अमित यादव भन्छन्, ‘मन्टुको आतंक फेरि सुरु भएको छ, त्यसैले हामीले सामूहिक रूपमा जिल्ला प्रशासनमा उजुरी दिएका हौं।’ प्रशासनका अनुसार उजुरी र छलफलपछि थप कानुनी प्रक्रिया अघि बढाइनेछ।
विराटनगर, ३१ साउन–प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ महिला...
काठमाडौं, ३२ जेठ-बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेका छन । मुम्बईस्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जाजपुत पछिल्लो समय भारतीय सिने जगत् बलिउडका चर्चित अभिनेता हुन् । उनी भारतीय क्रिकेटर...
विराटनगर, ३१ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ विराटनरमा सुरु भएको छ । महिला शसक्तिकरण र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन प्रत्येक वर्ष आयोजना हुँदै आएको रोटरी ट्रेड...
विराटनगर, १२ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएर फर्किएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दोस्रो पटक मेयर भएर अधुरा काम पुरा गर्ने बताएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएर सोमबार...
विराटनगर । नेपाल ट्रक यातायात व्यवशायी महासंघले आईतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना...
विराटनगर, फागुन ४-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता असफल वनाउने खेलमा सरकार लागेको आरोप लगाएका छन् । प्रेस नेपाल मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले सरकारले प्रेस...
एजेन्सी, साउन १२-अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा २ सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका–१० जिरीखिम्ती...