एसइइ कप फुटबल : डनबस्को, आदर्श, डिपिएस र साइ चिल्ड्रेन सेमिफाइनलमा

 न्यूज विराट
एसइइ कप फुटबल : डनबस्को, आदर्श, डिपिएस र साइ चिल्ड्रेन सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको एसइइ कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार सम्पन्न क्वार्टरफाइनल चरणका खेलपछि डनबस्को, आदर्श, दिल्ली पब्लिक स्कुल (डिपिएस) र साइ चिल्ड्रेन होम स्कुल अन्तिम चारमा प्रवेश गरेका हुन् ।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा डनबस्को स्कुलले सनसान सेकेन्डरी बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्‍यो । डनबस्कोका धनुज राजवंशीले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका थिए । उत्कृष्ट प्रदर्शनका लागि उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा आदर्श बोर्डिङ स्कुलले राधाकृष्ण माविलाई १–० ले पराजित गर्‍यो । बाल आदर्शका शाही चौधरीले एकमात्र गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनी पनि खेलको ुप्लेयर अफ द म्याचु घोषित भए ।

तेस्रो क्वार्टरफाइनलमा डिपिएस विराटनगरले सरस्वती माविलाई ३–१ ले पराजित गर्‍यो । डिपिएसका अमन खवासले दुई गोल गर्दा जेनिल बिष्टले एक गोल गरे । सरस्वती स्कुलका लागि रोजल सुनुवारले सान्त्वना गोल फर्काए । उत्कृष्ट प्रदर्शनका लागि अमन खवास ‘म्यान अफ द म्याच’ घोषित भए ।

चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा इटहरीस्थित साइ चिल्ड्रेन होम स्कुलले स्मृति बोर्डिङ स्कुललाई १–० गोल अन्तरले हरायो । निर्णायक गोल सुदीप सरदारले गरे । उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

सेमिफाइनल खेल असार १७ गते ९बुधबार० हुनेछन् । पहिलो सेमिफाइनलमा डनबस्को स्कुल र डिपिएस भिड्ने छन् भने दोस्रो सेमिफाइनल खेल बाल आदर्श बोर्डिङ स्कुल इटहरी र साइ चिल्ड्रेन होम इटहरीबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल असार १९ गतेका लागि तय गरिएको छ । प्रतियोगिता संयोजक विक्की कार्कीले जानकारी दिएअनुसार फाइनल खेल विराटनगरस्थित आयोजक मैदानमा हुनेछ ।

सम्बन्धित समाचार

मिडिया सञ्चालक अब्दुल खत्ताबको बयान सकियो, बुधबार थुनछेक

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब र पक्राउ परेका अर्का एक जना प्रतिवादीको बयान सकिएको छ । मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा पक्राउ परेका...

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौं, २ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

बुधबारको भूकम्प २०७२ सालको भूकम्पकै परकम्प

काठमाडौं,  ३१ भदौ-सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बुधबार बिहान ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...

देउवाको मुद्दामा आज निर्णय, न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले दायर गर्नुभएको मुद्दामा संवैधानिक इजलासले आज निर्णय सुनाउने मिति तोकिएको छ...

मोरङको रतुवामाइबाट सरकारी छाप किर्ते गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । मोरङको रतुवामाइ नगरपालिकाबाट सरकारी छाप दस्तखत किर्ते सम्वन्धि कसुरमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । रतुवामाई नगरपालिका वडा नं.३ का वडाध्यक्ष वर्ष ५५ का देविलाल ताजपुरियाको हस्ताक्षर र छाप किर्ते गरी सिफारिस...

चीन र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी, पुस ७–चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा उनीहरूबीच भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् । आफूहरूका बीचमा रणनीतिक साझेदारिता, ठोस...

निषेधाज्ञामा विराटनगरः कतै सुनसान, कतै अत्याधिक भिड (फोटो फचर)

विराटनगर, ६ भदौ-लकडाउन प्रभावकारी नभएर दिनप्रतिदिन प्रदेश राजधानी विराटनगर र आसपासका स्थानीय तहमा समुदायमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेसँगै सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर लगायत अन्य...

भारतले ‘नक्कली अयोध्या’ बनाइ सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री

काठमाडौं, २९ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका हुन् । भगवान् रामको राज्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्