४ जिपिए ल्याउने विद्यार्थीको पहिलो रोजाइमा विराटनगरको मेरिल्याण्ड कलेज

 न्यूज विराट
४ जिपिए ल्याउने विद्यार्थीको पहिलो रोजाइमा विराटनगरको मेरिल्याण्ड कलेज

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीहरूको प्रमुख रोजाइको कलेज बनेको छ —विराटनगरस्थित मेरिल्याण्ड कलेज। व्यवस्थापन शिक्षामा विगत २३ वर्षदेखि अब्बल मानिँदै आएको मेरिल्याण्ड कलेजले यसै शैक्षिक सत्रदेखि विज्ञान संकाय सञ्चालनमा ल्याएसँगै यस कलेजप्रति विद्यार्थीहरूको आकर्षण झनै बढेको हो।

विराटनगर–७ मा अवस्थित मेरिल्याण्ड कलेजमा यसपटक उत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीहरू साइन्स संकाय अध्ययनका लागि भर्ना हुन थालेका छन्। त्यसमध्ये विराटनगरको भिकेभीएम स्कुलका मौलिक ढकाल र जेम्स इन्टरनेशनल स्कुलकी सृजा पोखरेलले मेरिल्याण्डमै विज्ञान संकायमा अध्ययन गर्ने निर्णय गरेका छन्।

उक्त छात्र–छात्रालाई भर्ना स्वागत गर्दै कलेजका डाइरेक्टर भेषराज पोखरेलले आफूहरू निकै उत्साहित भएको प्रतिक्रिया दिए । “देशका जेनेर प्रतिभाशाली विद्यार्थीहरूले मेरिल्याण्ड रोज्नु हाम्रो लागि गर्वको कुरा हो,’ उनले भने । अर्का डाइरेक्टर प्रदीप भगतले मेरिल्याण्डको प्रतिष्ठा र शिक्षाको गुणस्तरप्रति विद्यार्थीहरूको भरोसा झल्किएको बताउँदै, “यसले हामीमाथि अझ थप उत्तरदायित्व बढाएको छ,” भने ।
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्ड कलेजमा रहेको अत्याधुनिक प्रयोगशाला (ल्याब), उच्च नतिजा दिने शैक्षिक प्रणाली र उत्कृष्ट पूर्वाधार नै विद्यार्थीहरूको पहिलो रोजाइ बन्ने प्रमुख कारण भएको स्पष्ट पारे । उनका अनुसार विज्ञान संकायको सुरुवातसँगै भविष्यमा मेडिकल, इन्जिनियरिङ, बायोटेक्नोलोजी जस्ता क्षेत्रको तयारी पनि सँगसँगै गरिनेछ।

साइन्स डाइरेक्टर शिवनारायण यादवका अनुसार मेरिल्याण्ड कलेजले काठमाडौँको प्रख्यात तयारी संस्थासँग सहकार्यमा मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्न लागेको छ। ‘कलेजको क्युरिकुलम मात्रै होइन, प्रतिस्पर्धात्मक तयारी पनि एकैसाथ हुने भएकाले विद्यार्थीको भविष्य सुनिश्चित हुने विश्वास हामीले लिएका छौँ,” उनले भने ।

कलेजको नाम, प्रतिष्ठा र अघिल्लो वर्षहरूमा देखिएको उत्कृष्ट शिक्षण शैलीका कारण हरेक वर्ष विद्यार्थी तथा अभिभावकमाझ यस कलेजको लोकप्रियता बढ्दो छ। व्यवस्थापन शिक्षामा लिएको अनुभव, व्यवस्थापनको दक्षता, अनुभवी शिक्षकहरू र विद्यार्थी केन्द्रित वातावरणको कारण मेरिल्याण्ड कलेजले लगातार सफलता हासिल गर्दै आएको छ।
विगतमा व्यवस्थापन मात्र सञ्चालित रहेको कलेजले अबदेखि विज्ञान संकाय पनि थपिएसँगै शैक्षिक क्षेत्रको बहुआयामिक विस्तारमा पाइला चालेको छ। यसले विद्यार्थीहरूलाई विराटनगरमै बसेर गुणस्तरीय विज्ञान शिक्षा हासिल गर्न नयाँ अवसर सिर्जना गरेको छ।
एसइइमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूले मेरिल्याण्ड रोज्नु कलेजको शिक्षात्मक र संस्थागत साखको परिचायक हो। अब आउने दिनमा मेरिल्याण्डले विज्ञान र व्यवस्थापन दुबै क्षेत्रलाई समान रूपमा मजबुत बनाउँदै विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन थप योगदान दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

आज सुदूरपश्चिममा ९७ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

धनगढी, ३१ वैशाख -बुधवार धनगढीको प्रयोगशालामा कोरोनाको आशंकामा परिक्षण गरिएका ९७ जनाको थ्रोट स्वाबको नमूनाको नतिजा नेगेटिभ आएको छ । जसमा कैलालीको भजनीका ८, आइसोलेसनमा रहेका कञ्चनपुरको दम्पत्तीसमेत रहेका छन् । भजनीबाट बर्दिया गएकी बालिकामा...

मुस्लिम समुदायको रमजान आजबाट सुरु, लकडाउनले मस्जिद सुनसान

जनकपुर, १३ वैशाखमुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बी १ महिनासम्म उपवास बस्छन् ।त्यसलाई रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब २ घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ...

एमसीसी संसदबाट पारित नहुँदासम्म एमसीए नेपालका काम रोक्ने नेकपाको निर्णय

काठमाडौं, १७ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदबाट अमेरिकन सहयोग एमसीसी अनुमोदन नहुँदासम्म एमसीए नेपालअन्तर्गतका कामलाई तत्काल रोक्ने निर्णय गरेको छ । शनिबार बसेको नेकपा सचिवालय बैठकले संसदबाट एमसीसी अनुमोदन हुने/नहुने निर्णय नहुँदासम्म एमसीए नेपालअन्तरगतका काम...

कान्तिपुर कलेजमा प्रवेश परीक्षाको चाप, कोटाभन्दा बढी विद्यार्थीको सहभागिता

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको उल्लेखनीय चाप देखिएको छ। कलेजले आज आयोजना गरेको प्रवेश परीक्षामा निर्धारित कोटाभन्दा धेरै विद्यार्थीहरूले...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...

प्याब्सन विराटनगरको पदस्थापन

विराटनगर । निजी तथा आवासीय अर्गनाइजेशन नेपाल विराटनगरको नवर्विाचित कार्यसमितिहरुको पदस्थापन भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरुलाई पदस्थापन प्रमुख निर्वाचन आयुक्त डा. उद्धव पोखरेलले...

मिथिला मध्यमा परिक्रमाको प्रचण्डले गरे उद्घाटन

जनकपुर, फागुन ११–मिथिलाञ्चल क्षेत्रको महाकुम्भको रूपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमाको यस वर्षको शुभारम्भ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डोला उठाएर गरेका छन् । नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको मध्यमा परिक्रमामा...

अदालतले गराइदियो प्रचण्ड–माधवको डिभोर्स

प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्षमा सँगै उभिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छुट्टिएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको निर्णय गरेसँगै प्रचण्ड र नेपाल अलग्गिएका हुन् । २४ फागुनमा पेरिसडाँडामा स्थायी कमिटी बैठक राखेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्