एनसीडिएको ५२ औं स्थापना दिवस : मोरङ शाखाले सप्ताहव्यापी सामाजिक कार्यक्रमसहित मनाइयो
मङ्गलबार, १० असार, २०८२,
न्यूज विराट
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले संघको ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरेर मनाएको छ । असार ४ गतेदेखि १० गतेसम्म चलेको उक्त कार्यक्रम मंगलबार औपचारिक रूपमा समापन भएको छ । समापन कार्यक्रममा संघले विभिन्न क्षेत्रमा योगदान पु¥याउने सात जना व्यक्तिहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा एनसीडिए मोरङ शाखाका प्रेस सल्लाहकार उद्धव घिमिरे, कानुनी सल्लाहकार भरत बहादुर थापा, अटल फार्मेसीका संचालक पवन अटल, औषधी व्यवसायी उदय चन्द्र झा, हिमगिरी मेडिको कर्मचारी उमेश ठाकुर, न्युमेड प्रालिका विनोद श्रेष्ठ र औषधी ढुवानी गर्ने प्रेमलाल राय रहेका छन् । सम्मानित व्यक्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद योगेन्द्र मण्डल र संघका अध्यक्ष देशबन्धु ढकालले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
स्थापना दिवसको अवसरमा मंगलबार बिहान अस्पताल चोकदेखि संघको भवनसम्म प्रभातफेरी गरिएको थियो । त्यसपछि संघको भवन परिसरभित्र झण्डोत्तोलन गरिएको थियो । कार्यक्रममा बोल्दै संघीय सांसद योगेन्द्र मण्डलले औषधी व्यवसायी संघले स्थापना दिवसमा समाजिक काम गरेर सबैको मन जितेको बताए । उनले संघको सामाजिक सेवामूलक कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने काम गरेको बताए । एनसीडिए मोरङका अध्यक्ष देशबन्धु ढकालले संघको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेर मनाएको जानकारी दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर संघले हप्ताभरि विभिन्न सामाजिक कार्य गरेको बताए । उनले भने, ‘हाम्रो संघले स्थापना दिवसमा केवल उत्सव मनाउने मात्र नभएर समाजप्रति आफ्नो दायित्व पूरा गर्ने काम गरेका छौं ।’ कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य प्रदीप कुमार विश्वास, प्रदेशका उपाध्यक्ष सुधिन्द्रध्वज श्रेष्ठ, संघको मोरङका निर्वतमान अध्यक्ष लक्ष्मी तिम्सिनालगायतले शुभकामना दिए । कार्यक्रमको स्वागत मन्तब्य संघको वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मीले गरेका थिए । समापन कार्यक्रमको संयोजक संघका खुद्रा उपाध्यक्ष मुकेश श्रीवास्तव रहेका थिए । एनसीडिए मोरङ शाखाको यो स्थापना दिवस उत्सवले औषधी व्यवसायी समुदायको सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई प्रस्ट रूपमा देखाएको छ । संघले केवल व्यापारिक हितमा मात्र सीमित नरहेर समाजको कल्याणमा योगदान पु¥याउने काम गरेको यो कार्यक्रमले देखाएको सघंका अध्यक्ष ढकालले बताए । उनले भविष्यमा पनि यस्तै सामाजिक उत्तरदायित्वका साथ संघले काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले औषधी व्यवसायीहरूले आफ्नो पेशागत दायित्वका साथसाथै समाजसेवामा समेत सक्रिय रहनुपर्ने बताए ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो । निगमको मासिक घाटा तथा ईण्डियन आयललाई...
विराटनगर । प्रहरी जवान सुनिल कुमार ठाकुर उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय इटहरी दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत ठाकुर उत्कृष्ट कार्यसम्पदान गरेको भन्दै सुनसरी प्रहरीले भदौ महिनाको उत्कृष्ट...
काठमाडौं, जेठ ५-नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ । चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज सोमबार बेलुकी चीन जाने लागेको हो । चीनबाट स्वास्थ्य...
काठमाडौं, १८ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी...
विराटनगर, १७ साउन-प्रदेश १ मा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश-१ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शनिबार झापाको विर्तामोडका १ पुरुष र १ महिला तथा इलामका १७ पुरुषमा कोरोना...
विराटनगर । प्रथम विराटनगर हव इन्टर स्कुल महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक इन्टर महिला क्रिकेट प्रतियोगिता हुन लागेको...
विराटनगर । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन,...
सुर्खेत, २६ वैशाख-आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले साताव्यापी सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । सरकारले नीति तथा कार्यक्रममा लागि सबै समुदायको सहभागिता होस् भनेर सुझाव संकलनकाे थालनी...