विराटनगर। विराटनगरमा जारी चौथो संस्करणको एसइइ कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा चार विद्यालय विजयी भएर दोस्रो चरणमा प्रवेश गरेका छन् । विराटनगर–१ मा सोमबार भएको खेलमा जनपथ स्कुल, डनबस्को, आदर्श र केएमसी स्कुल विजयी भएर दोस्रो चरणमा पुगेका हुन् । पहिलो खेलमा जनपथ माविले देवकोटा माविलाई ५–० गोलले पराजित गरयो । जनपथको जितमा विशाल मलिकले दुई गोल गर्दा प्रशान्त ऋषिदेव, अरुण मलिक र करण राईले समान १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच विशाल मलिक घोषित भए । दोस्रो खेलमा डनबस्को स्कुलले गोदावरी स्कुललाई ३–० गोलले पराजित गर्यो । डनबस्कोको जितमा प्रकाश कामत, नितेश राजवंशी र विधान भण्डारीले समान १–१ गोल गरे। निकुश खतिवडा खेलको प्लेयर अफ द म्याच घोषित भए । तेस्रो खेलमा आदर्श माविले शारदा स्कुललाई ३–१ गोलले हरायो । आदर्शको जितमा युसन लिम्बु, सलोक बस्नेत र करण यादवले समान १–१ गोल गर्दा शारदाका सुवास ऋषिदेवले सान्त्वना गोल फर्काए । खेलको प्लेयर अफ द म्याच आदर्शका युसन लिम्बु घोषित भए । चौथो खेलमा केएमसी स्कुल बोर्डिङ स्कुलले गोग्रा माविलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । खेलको प्लेयर अफ द म्याच केएमसीका गोलकिपर साजिद अख्तर घोषित भए ।
विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवनासहितको माग दाबी लिएर मुद्दा...
काठमाडौं, ३० चैत-नेपालमा थप ३ जनाको कोरोना ‘पोजेटिभ’ देखिएको छ । हेटौँडामा परीक्षण गर्दा आशंका गरिएका ३ जनामा काठमाडौंको टेकु अस्पतालको ल्याबमा परीक्षण गराउँदा पुनः ‘पोजेटिभ’ देखिएको हो । ‘हिजो दिउँसो ११ बजेको रिपोर्ट पोजेटिभ...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २ सय बढी कागतीका विरुवा रोपेको छ । क्लबले इक्राही स्थित एक फर्म हाउसमा २ सय वटा भन्दा बढी कागतीका विरुवा रोपेको हो । सेभ द इन्भाइरोमेन्ट, इकोनोमिक...
काठमाडौं, फागुन १५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गर्नुभएको छ । संसदमा आवश्यक परे त्यो देखाउन...
विराटनगर, माघ २–बलात्कार अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राख्न माग गर्दै पीडित पक्षले बिहीबार उच्च अदालत अगाडि मौन प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीसहित पीडित पक्षले छातीमा प्लेकार्ड टाँसेर मौन विरोध गरेका छन्...
एजेन्सी, २२ पुस-अग्लो कदका तीव्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्युजिल्याण्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्युजिल्याण्ड टेस्ट क्रिकेटको विश्व...
भक्तपुर, बैशाख १० । महानगरपालिका र उपमहानगरसहित स्थानीय तहका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे...
काठमाडौं, २३ साउन-राष्ट्रिय परीक्षा बोर्डले तत्काल कक्षा ११ को परीक्षा नलिन निर्देशन दिएको छ । सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेकाले परीक्षा नगर्न निर्देशन दिएको हो । बोर्डले ११ को परीक्षा विद्यालयलाई नै गर्न भनेपछि...