एनसीडिए मोरङद्धारा प्रहरीलाई स्वास्थ्य सामग्री वितरण
शनिबार, ०७ असार, २०८२,
न्यूज विराट
विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) को ५२औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।
शनिबार आयोजित कार्यक्रममा संघले प्रहरी कार्यालयलाई आवश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको हो। यो कार्यक्रमको संयोजक संघको बरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी हुन् ।
कार्यक्रमबारे जानकारी दिँदै एनसीडिए मोरङका अध्यक्ष देशबन्धु ढकालले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बद्ध सरोकारवालाहरूलाई सहयोग गरिएको बताए ।
स्थापना कार्यक्रम अन्तर्गत यसअघि कोशी अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो भने हिमालय दर्शन कलेज, विराटनगरमा लागू औषध तथा मनोदैहिक औषधिसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सम्पन्न भइसकेको छ।
साथै आइतबार विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा ‘भोजन कृष्णार्पण’ तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रम आयोजना गरिने भएको छ ।
कास्की, १५ वैशाख-पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर...
विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । अभियानको क्रममा लापेसे गरी सवारी साधान चलाउने ९...
उदयपुर, वैशाख १३-उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मुस्लिम समुदायका २८ जनामा कोरोना संक्रमित भेटिएपछि यहाँका राजनितिक दलहरुले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।...
काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १...
काठमाडौं, १ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्ने भएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम...
भारतको आसाम र मेघालयमा आएको बाढीमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार...
बाजुरा, १९ जेठ-कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १ बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ गरी सतर्कता अपनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी...
काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् । सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका...