‘कार्यकर्तामुखी र वितरणमुखी बजेट’ : माओवादी

 न्यूज विराट
‘कार्यकर्तामुखी र वितरणमुखी बजेट’ : माओवादी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कार्यकर्तामुखी र वितरणमुखी बजेट ल्याएको बताएको छ ।
प्रदेश सभामा आइतबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरद्वारा प्रस्तुत ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेटमाथि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बजेटले दुई सत्तारुढ दलका नेता–कार्यकर्तालाई मात्रै खुसी पार्ने प्रयत्न गरेको आरोप लगाए ।
‘बजेट दुई वटा दलका कार्यकर्तालाई खुसी बनाउनेगरी आएको छ,’ आङ्बोले भने, ‘यसले प्रदेशमा कुनै पनि ठोस परिणाम र उपलब्धि ल्याउन सक्दैन ।’
उनले बजेटलाई परम्परा धान्ने नाममा बनेको औपचारिक कागज मात्रैको संज्ञा दिँदै त्यसमा कुनै दीर्घकालीन सोच, प्राथमिकता र योजनागत स्पष्टता नरहेको टिप्पणी गरे । ‘बजेट सामान्यतया परम्परा धान्ने खालको मात्रै आएको छ,’ उनले भने, ‘कृषिलाई प्राथमिकतामा राखिएको भनिए पनि व्यवहारमा त्यो देखिँदैन । अघिल्लो वर्ष कृषिमा ४ अर्बभन्दा बढी विनियोजन गरिएकोमा अहिले त्यो बजेट घटाएर सवा २ अर्बमा झारिएको छ ।’
आङ्बोले बजेटलाई “वितरणमुखी” र “कनिका छरेजस्तो” भन्दै संघीयताको मर्म विपरीतको संकुचित दृष्टिकोणबाट तयार गरिएको बताए । ‘संघीयता कार्यान्वयनका हिसाबले लाखौंको बजेट केन्द्रमा जान्छ, तर प्रदेशमा ५० हजार आउँछ । यो बजेटले पनि त्यसैको संकेत गरेको छ,’ उनले भने ।
बजेटमार्फत सत्तारुढ दलले राजनीतिक कृपावादलाई प्रश्रय दिँदै संस्थागत सुधार र संरचनागत विकासतर्फ कुनै गम्भीरता नदेखाएको आङ्बोको आरोप छ ।

सम्बन्धित समाचार

विराट डाईग्नोष्टिक ल्याबको संकलन केन्द्र इनरुवामा आज खुल्दै, प्रदेश १ भरी विस्तार गर्ने तयारी

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गर्ने भएको छ । आज दिउँसो ११ बजे एक कार्यक्रम आयोजना गरी ल्याबको...

शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका...

सार्वजनिक जग्गासहित अनियमिततामा संलग्न जोकोहीलाई कारवाही गर्ने अख्तियार प्रमुख राईको घोषणा

काठमाडौं, माघ २८-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमिततामा संलग्न सबैलाई कारवाही गर्ने घोषणा गर्नुभएको छ । अख्तियारको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई...

अध्यक्ष र उपाध्यक्षको झगडाले गाउँपालिकावासीलाई सास्ती

जनकपुर, ५ साउन-पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवा प्रवाह प्रभावित भएको छ । भनाभनदेखि कार्यालय तालाबन्दीसम्मको लफडाको घाटा गाउँपालिकावासी बेहोर्नुपरेको हो ।  गाउँपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका...

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने १२ सय बढी सवारीसाधन कारबाहीमा

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने साढे १२ सय सवारीसाधनलाई कारबाही गरेको छ । विभिन्न बहाना बनाएर बिनाकारण सडकमा निस्किएका सर्वसाधारण र सवारीधनीलाई कारबाही गरिएको हो । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले शुक्रबार विहानसम्म मोरङबाट ६ जनालाई...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं, २१ जेठ-नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँग नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दोलखा ७६ वर्षीय पुरुषको महाराजगञ्जस्थित...

भारतको पश्चिम बंगालमा भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु

भारतको पश्चिम बंगालको कूचबिहारमा गए राति भ्यानमा करेन्ट लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भइका छन् । भ्यानमा गीत बजाउनका लागि जेनेरेटर जडान गरिएको थियो । डिजे चलाउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्