साना मझौला उद्योग प्रवद्र्धनमा सहयोगी हुने व्यावसायिक परामर्शदाताको तालिम
शुक्रबार, ३१ जेठ, २०८२,
न्यूज विराट
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाको संयुक्त आयोजनामा सञ्चालित स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
विराटनगरमा सम्पन्न पाँचदिने तालिममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूबाट सहभागी ३० जना प्रतिनिधिहरुले साना तथा मझौला उद्योग ९एसएमई० को प्रवद्र्धनमा व्यवसाय परामर्शदाताको भूमिकाबारे अभ्यासात्मक ज्ञान हासिल गरे।
तालिममा व्यावसायिक योजना निर्माण, लोन आवेदन प्रक्रिया, इथिकल स्ट्यान्डर्ड, सञ्चार तथा समन्वय, लैंगिक तथा सामाजिक समावेशीकरण, तथ्याङ्क सङ्कलन, र नतिजा मूल्यांकनजस्ता विषय समेटिएका थिए। साथै, उदय परियोजना र यसको कार्यक्षेत्रसम्बन्धी विस्तृत जानकारी समेत प्रदान गरिएको थियो।
समापन कार्यक्रममा कन्काई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौंलाले, “यो तालिमबाट व्यवसायिक परामर्शदाताको हैसियतमा साना तथा मझौला उद्यमीहरूलाई प्रत्यक्ष सहयोग गर्न सक्ने सीप प्राप्त भएको छ,” भने ।
त्यस्तै, खोटाङ उद्योग वाणिज्य संघका मदनबहादुर तामाङले तालिमले आफूलाई व्यवसाय योजना बनाउन सहयोग पुगेको उल्लेख गर्दै आगामी दिनमा उद्यमीहरूलाई मार्गदर्शन गर्न तयार रहेको बताए।
धनकुटाबाट सहभागी साङ्घेन्मा राईले भने, “महिला उद्यमीहरूका लागि यो तालिम प्रेरणादायक रह्यो। अबदेखि उनीहरूको व्यवसाय प्रवद्र्धनमा सक्रिय भूमिका खेल्नेछु।”
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रमाणपत्र वितरण गर्दै महासंघले जिल्ला तथा नगर संघहरूको क्षमता विकासमा निरन्तर सक्रिय रहेको बताए। उनले भने, “व्यवसाय विकास परामर्श सेवाको सुरुआतले साना तथा मझौला उद्यमीहरूलाई नयाँ उचाइमा पुर्याउनेछ। निकट भविष्यमै स्टार्टअप लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं।”
उदय परियोजनाका बिजनेस डेभलपमेन्ट सर्भिस लिड विष्णु काफ्लेले तालिमले कोशी प्रदेशमा साना तथा मझौला उद्यमहरूलाई अझ प्रभावकारी रूपमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।
काठमाडौं, १२ पुस-निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता...
काठमाडौं, १४ मंसिर-ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजनीतिक पूर्वाग्रह राखेर रिपोर्ट तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिनअघि सार्वजनिक गरेको रिपोर्ट तथ्यहीन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको हो...
विराटनगर, ११ वैशाख । मनोनयन दर्ता सुरु भएको पहिलो दिन आइतबार विराटनगरमा ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता सुरु भएको पहिलो दिन अहिलेका कुनै पनि ठुला दलले उम्मेदवारी दर्ता गराएनन् । साना...
दसैं चाड सकिएसँगै कोरोना संक्रमित भेटिने दर पनि बढेको छ । बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएको कुल ८ हजार ४ सय २६ नमूना परीक्षणबाट सो संख्यामा...
विराटनगर, २२ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र...
एजेन्सी, असार १७-इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका...
विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको तीन वटा होटल ‘क’ वर्गको मान्यता पाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बिहीबार गरेको अनुगमन र निरीक्षण पछि विराटनगरको एयरपोर्ट रोडमा रहेको होटोल एसियाटिक, विराटनगर...
सोमबार थप ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ६ सय ९७ नमूना परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै सो अवधिका नौ जना...