१० लाख बजेटको जुडो खेल बिवादमा : कार्यकता पोस्न क्लबलाई प्रतियोगिता दिएको भन्दै बोर्ड सदस्य रोशनी राईले जनाइन् विरोध

 न्यूज विराट
१० लाख बजेटको जुडो खेल बिवादमा : कार्यकता पोस्न क्लबलाई प्रतियोगिता दिएको भन्दै बोर्ड सदस्य रोशनी राईले जनाइन् विरोध

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेश स्तरीय जुडो प्रतियोगिता आयोजनाको नाममा १० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि त्यसको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठेको छ ।
प्रतियोगिता सुरु हुनुअघि नै विवादमा फँसेको यो खेलमा प्रदेश खेलकुद विकास बोर्डको आन्तरिक राजनीति र सत्तासीन पार्टीको कार्यकर्ता पोस्ने चलखेलले प्रतियोगिताको विश्वसनीयता र उद्देश्यमै प्रश्न उठेको हो ।
प्रदेश खेलकुद बिकास बोर्डकी सदस्य तथा राष्ट्रिय जुडो प्रशिक्षक रोशनी राईले जुडो प्रतियोगिता एक निजी क्लब विराट कोशी जुडो क्लब लाई सुम्पिएर प्रतियोगिता गराउनु बोर्डको नीति विपरीत र गैरजिम्मेवार निर्णय भएको बताउँदै विरोध गरेकी छन् । ‘प्रदेशस्तरीय प्रतियोगिता बोर्डको आधिकारिक आयोजनामा हुनुपर्नेमा एक्कासि निजी क्लबका नाममा ब्यानर देख्दा म छक्क परेँ,’ प्रशिक्षक राई भन्छिन् । उनले यो निर्णयलाई सत्तासीन पार्टी एमालेको कार्यकर्ता पोस्ने रणनीतिको हिस्सा भन्दै सामाजिक सञ्जालमा तीव्र आक्रोश व्यक्त गरेकी छन् ।
‘कोशी प्रदेश खेलकुद विकास बोर्डको लागि म एक असक्षम सदस्य, अयोग्य प्रशिक्षक, अनि खेलाडी पनि होइन भन्ने मूल्यांकन गरिदिनु भएकोमा धन्यवाद,’ उनले सामाजिक संजालमा स्टाटस लेखेकि छिन् ।


यो प्रतियोगिताको आयोजन विराटनगर ६ मा रहेको विराट कोशी जुडो क्लबले गरेको छ । जसको संयोजक बिना बस्नेत छन् । सहआयोजक भने एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ मोरङ छ । सदस्य सचिव पर्शुराम बस्नेत आफैं नेकपा एमाले निकट रहेको नेपाल खेलकुद महासंघका अध्यक्ष हुन् । यसरी, बोर्डकै नेतृत्व तहबाट सिधै आफूनिकट संस्थालाई आयोजनाको जिम्मेवारी दिइनुले पारदर्शितामा गम्भीर प्रश्न उठाएको हो । बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई प्रतियोगिताबारे बुझन फोन सम्र्पक गर्न खोज्दा उनको फोन उठेन ।
सुनसरी जिल्ला गर्यो प्रतियोगिता बहिष्कार
विराटनगरको शहिद रंगशालाको कभर्ड हलमा सोमबारदेखि सुरु भएको प्रतियोगिता प्रदेश स्तरीय भनिए पनि केवल मोरङ, झापा, र सोलुखुम्बुका खेलाडी मात्र सहभागी छन् । सबैभन्दा बढी जुडोको खेलाडी रहेको जिल्ला सुनसरीले भने प्रतियोगिता बहिष्कार गरेको छ ।
सुनसरीका प्रशिक्षक राई भन्छिन्, ‘यदि खेलकुद विकास बोर्डकै आयोजनामा खेल हुने हो भने हामी सहभागी हुन्थ्यौं । तर, निजी क्लबलाई जिम्मा दिएर, कार्यकर्तामार्फत बजेट सक्ने नियतले गरिएको प्रतियोगितालाई समर्थन गर्न सकिंदैन ।’
प्रदेशस्तरीय प्रतियोगिता भनिएपनि विराटनगरसहित सहिद मैदान अगाडीको कभड हलमा १३२ जना खेलाडी र प्रशिक्षक सहभागी भएको यसअघि आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । सहभागिता हुने जिल्लाको संख्याले पनि प्रतियोगिताको औचित्य र स्तरमाथि प्रश्न उठाएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले लगातार राजनीतिक चलखेल, कार्यकर्ता पोस्ने र आफ्नै प्रभावमा रहेका संघसंस्थालाई लाभ दिलाउने नियतसहित काम गर्दै आएको आरोप पहिलेदेखि लाग्दै आएको छ । तर, यसपटकको जुडो विवादले त्यसलाई सार्वजनिक र स्पष्ट बनाइदिएको छ । एकातिर राष्ट्रिय प्रशिक्षकलाई अयोग्यु ठहर गर्दै बाहिर राख्ने, अर्कोतिर राजनीतिक नजिकको क्लबलाई सम्पूर्ण जिम्मेवारी सुम्पने चलनले खेलकुदको विकासभन्दा राजनीतिक स्वार्थ प्राथमिकतामा रहेको देखिन्छ ।

सम्बन्धित समाचार

बनेपाबाट ९ लाख रुपैयाँ चोरी भागेका अभियुक्त पक्राउ 

काठमाडौं, ४ असार-बनेपाबाट पसल चोरी गरेर ९ लाख रुपयाँ लिएर भागेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितव रत्ननगरपालिका–१ का प्रकाशजंग कुँरव छन् । उनलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको...

गुट बलियो बनाउने सिटौला रणनीति

काठमाडौं, चैत ४–महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू आ–आफ्नो गुट बलियो बनाउने रणनीतिमा लागेका छन् । २०७७ सालको फागुन पहिलो हप्ता १४ औं महाधिवेशन गर्न कार्यतालिकासमेत सार्वजनिक गरिसकेको कांग्रेसभित्र मुख्य गरी सभापति...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

प्रदेश १ मा २७ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर, १८ साउन–प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २...

कटहरी–२ लाई सुकुम्बासी मुक्त बनाइने

विराटनगर, जेठ २१–मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ र जीवन विकास...

विराटनगरको रानी र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको...

ओलीले प्रदेश र स्थानीयतहको अधिकार खोसेका थिएः आचार्य

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता महेश आचार्यले प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीयतहको अधिकार खासेको आरोप लगाएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै...

मोरङ प्रहरीलाई सफलता, चोरीको ३६ केजी चाँदी भारत बेच्न लैजादा तीन जना प्रहरीको फन्दामा

विराटनगर । मोरङ प्रहरीले ३६ केजी चाँदी सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्