विराट टिचिङ हस्पिटलमा आँखादान सम्बन्धी जनचेतनामूलक कार्यक्रम
शुक्रबार, २४ जेठ, २०८२,
न्यूज विराट
विराटनगर । विराटनगर आँखा (कर्निया) संकलन केन्द्रले विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आँखादानको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले एक विशेष कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्दै विराटनगर आँखा अस्पतालका नानी प्रत्यारोपण शल्यचिकित्सक डा. मनिष पाण्डेले आँखा दानसम्बन्धी विभिन्न पक्षमा जानकारी गराउँदै मृत्यु पश्चात गरिने यो पुण्य कार्यद्वारा एक व्यक्तिले दिएका दुई आँखाबाट दुई दृष्टिविहीन व्यक्तिको जीवनमा उज्यालो ल्याउन सकिने तथ्य प्रस्तुत गरे । उनले आँखादान कसले गर्न सक्छन्, र यससँग जोडिएका सामाजिक अवधारणाहरूको विषयमा समेत प्रकाश पारे ।
कार्यक्रमका प्रमुख अतिथि तथा अस्पतालका प्रशासक प्रमेश राज देवकोटाले आँखा दानजस्तो महत्त्वपूर्ण अभियान समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै भने, ‘आँखा दानको सन्देश हामी सबैले बुझ्न र अरुलाई पनि बुझाउन आवश्यक छ। यसको सुरुवात हामी अस्पतालका कर्मचारीबाट नै गर्नेछौं।’
कार्यक्रममा अस्पतालकी नर्सिङ सुपरिटेन्डेन्ड आयूष्मा शाक्य सहित ३१ जना स्वास्थ्यकर्मीहरूले स्वेच्छिक रूपमा आँखादानको फारम भरेर बुझाएका छन्। यो कार्यक्रमले स्वास्थ्यकर्मीहरूबीच आँखादानप्रति चेतना बढाउने मात्र नभई समाजमा पनि एउटा प्रेरणादायी सन्देश प्रवाह गर्ने विश्वास आयोजकले गरेका छन्।
विराटनगर । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा...
एजेन्सी, जेठ २३-मलेरियाको औषधि हाइड्रोक्सिक्लारोक्विन कोरोना भाइरसका विरामीको उपचारमा घातक रहेको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन फिर्ता लिइएको छ । हाइड्रोक्सिक्लोक्विन औषधि कोरोना भाइरसका संक्रमितलाई दिएमा मृत्यु हुने वा मुटुमा समस्या आउने जोखिम रहेको सो प्रतिवेदनमा औल्याइएको...
एजेन्सी, १२ असार । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले...
विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना...
बुटवल, ८ असार-बुटवलबाट रिडितर्फ जाँदै गरेका ४ वटा सवारीसाधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ । घटनास्थलमै २ र १ जनाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक...
विराटनगर, १ भदौ-विराटनगर भन्सारमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । ३० कर्मचारीमध्ये ४ जनालाई कोरोना संक्रमण भएको विराटनगर भन्सार...
विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...
इलाम, २२ साउन-इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही १८ साउनमा स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर...