विश्व वातावरण दिवसमा मोरङको बेलबारीमा वृक्षारोपण

 न्यूज विराट
विश्व वातावरण दिवसमा मोरङको बेलबारीमा वृक्षारोपण

बाबुराम मुडियारी
विराटनगर ।
विश्व वातावरण दिवसको अवसरमा मोरङ जिल्लामा विभिन्न स्थानहरूमा वृक्षारोपण कार्यक्रम गरी दिवस मनाइएको छ। डिभिजन वन कार्यालय मोरङ, विभिन्न वन उपभोक्ता समिति, वन समूह तथा संघ–संस्थाहरूको सहकार्यमा वृक्षारोपण कार्यक्रमहरू आयोजना गरिएका हुन्।

बेलबारीस्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय मोरङको संयुक्त आयोजनामा बेलबारीको नदी उकास क्षेत्रमा वृक्षारोपण गरिएको हो। कार्यक्रममा बासका ३०० वटा र खयरका ५०० वटा बिरुवा रोपिएको छ।

कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो। विशिष्ट अतिथिका रूपमा प्रदेश वन निर्देशनालयका निर्देशक इन्द्र प्रसाद सापकोटा, डिभिजन वन कार्यालय मोरङका निमित्त वन अधिकृत राम लखन ठाकुर, पूर्व डिभिजन वन अधिकृत विष्णु लाल घिमिरे, नेपाल वन निगम विराटनगरका प्रमुख ज्ञान कुमार लामा, सव डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेश मिश्र लगायत अन्य वन अधिकारी, समिति प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू तथा विद्यार्थीहरूको उपस्थिति थियो।

कार्यक्रमका वक्ताहरूले वृक्षारोपणमार्फत वन, वन्यजन्तु तथा वातावरण संरक्षणमा सबैले आ–आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रम सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो।

सम्बन्धित समाचार

साफ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग भिड्दै

विराटनगर । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले आज शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ : ३० बजे सुरु हुनेछ। अघिल्लो संस्करणमा...

प्याब्सन र विराटबीच सम्झौता, सहुलियतमा उपचार हुने

विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होम र विराट मेडिकल कलेजले प्याब्सन मोरङमा आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गरिदिने भएको छ । सहुलियतमा उपचार गर्नको लागि प्याब्सन र विराटबीच बुधबार सम्झौता भएको छ । सम्झौता पत्रमा...

विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसित सम्झौता हुँदैन : मेयर कोइराला

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगकाे कुराकानीमा उनले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको स्पष्ट पारे । स्थायी...

कोरोना संक्रमणबाट भारतमा पूर्वमन्त्रीको निधन

एजेन्सी, साउन २३-कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भारतीय मार्क्सवादी पार्टी (सीपीएम) का वरिष्ठ नेता तथा पश्चिम बंगाल राज्यका पूर्वमन्त्री श्यामल चक्रवर्तीको मृत्यु भएको छ । ७६ वर्षीय चक्रवर्तीको मृत्यु उपाचारका क्रममा बिहीबार कोलाकातास्थित एक अस्पतालमा भएको...

कोरोनाकाे इपीसेन्टर बन्दै दैलेख, ८७ संक्रमित गाउँमै

दैलेख, २५ जेठ-दैलेख कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न यहाँका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा...

‘लाईभ इन विराटनगर’मा दुर्गेस थापा शुक्रबार आउँदै, दर्शकमा चर्को उत्साह छ : सेन्ट्रो

विराटनगर । विराटनगरको हाटखोला खेल मैदानमा शुक्रबार साँझ आयोजना हुने गायक दुर्गेस थापाको लाइभ प्रस्तुतिको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। पछिल्लो समय नेपाली म्युजिक स्टेजका चर्चित नाम बनेका थापा पहिलोपटक विराटनगरमा प्रस्तुति दिन...

विराटनगर–८ मा एमालेका राम पोखरेलको प्यानलै निर्वाचित

विराटनगर, ६ जेठ । विराटनगर–८ को मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा नेकपा एमालेका राम पोखरेल वडाध्यक्षमा निर्वाचित भएका छन् । उनीसहित उनका टिमका सवै निर्वाचित भएका हुन् । यसअघि नेपाली कांग्रेसले प्यानलै जितेको वडा नं....

प्रचण्डले भने-शेयर बजारबारे मैले गरेको विश्लेषण सही छ

काठमाडौं, २९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको पुँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी गरेका छन् । केही दिनअघि उनले शेयरबजारलाई साम्राज्यवादको विकसित रूपको संज्ञा दिएपछि चौतर्फी आलोचना भएको थियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्