विश्व वातावरण दिवसमा हिमालय दर्शन कलेजद्वारा सडक सरसफाइ कार्यक्रम

 न्यूज विराट
विश्व वातावरण दिवसमा हिमालय दर्शन कलेजद्वारा सडक सरसफाइ कार्यक्रम

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगरस्थित हिमालय दर्शन कलेजले सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । वातावरणीय सचेतना अभिवृद्धि गर्न उद्देश्यले उक्त कार्यक्रम बिहीबार विहान आयोजना गरिएको हो ।

कार्यक्रम कलेज परिसरबाट सुरु भई ट्राफिक चोक हुँदै रोडशेष चोकसम्म सरसफाइ गरिएको थियो । कलेजमा अध्ययनरत करिब ६५ जना विद्यार्थीहरू सहभागी रहेको सरसफाइ कार्यक्रममा उनीहरूले प्लाष्टिक, कागज, धुलोमाटो लगायत फोहोर संकलन गर्दै वातावरण सफा राख्नमा जनचेतना फैलाउने कार्यसमेत गरे ।
हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाका अनुसार, सरसफाइ कार्यक्रम विश्व वातावरण दिवसकै सन्दर्भ पारेर आयोजना गरिएको बताए । उनका अनुसार वातावरण संरक्षण केवल सरकारी निकायको दायित्व नभएर हरेक नागरिकको जिम्मेवारी भएकाले विद्यार्थीहरूलाई सामाजिक कार्यमा पनि सक्रिय बनाउन कलेजले यस्ता कार्यक्रम सञ्चालन गरेको बताए ।
‘आजको युगको सबैभन्दा ठूलो चुनौती वातावरण प्रदूषण हो,’ कलेज प्रमुख सापकोटाले भने, ‘विशेषगरी प्लाष्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणीय सन्तुलन बिग्रँदै गएको छ । त्यसैले हामीले प्लाष्टिकजन्य फोहोर हटाउने अभियानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरियो ।’

यस कार्यक्रमको आयोजना हिमालय दर्शन कलेज अन्तर्गतको टुरिजम क्लबको पहलमा गरिएको हो । कलेजमा बीएचएम (ब्याचलर इन होटल म्यानेजमेन्ट) अध्ययनरत विद्यार्थीहरूको संयोजनमा उक्त क्लब स्थापना गरिएको हो । क्लबले सरसफाइ कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्वमा विद्यार्थीको सक्रियता जनाउँदै आएको छ ।
सरसफाइ कार्यलाई थप व्यवस्थित बनाउन विद्यार्थीहरूलाई आधा दर्जन समूहमा विभाजन गरिएको थियो । हरेक समूहले तोकिएको क्षेत्रमा सडक सफा गर्ने कार्य सम्हाल्यो । कार्यक्रमको दौरानमा फोहोरलाई वर्गीकरण गरी फाल्ने, प्लाष्टिकजन्य वस्तुहरूको असरबारे जनचेतना फैलाउने लगायत गतिविधिहरू समेत गरिएको थियो ।
कार्यक्रममा बीएचएमका साथै अन्य संकायमा अध्ययनरत विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता थियो । सबै सहभागीहरूले जनहितका यस्ता सामाजिक कार्यमा निरन्तर सहभागी भइ वातावरण जोगाउन भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कलेजका प्राध्यापक, व्यवस्थापक, तथा क्लब संयोजकहरूले सरसफाइ अभियानको सफलतामा महत्वपूर्ण भूमिका खेलेका थिए । कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक चेतना र वातावरणप्रति जिम्मेवारीको भावना विकास गराएको सहभागिहरूको धारणा थियो ।
हिमालय दर्शन कलेजले आगामी दिनहरूमा पनि वातावरण संरक्षण, प्लाष्टिक न्यूनिकरण, हरियाली विस्तार लगायत विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएको छ । आयोजित उक्त कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक तथा टुरिजम क्लबका सदस्यहरूको सहभागितामा कार्यक्रम रहेको थियो ।

सम्बन्धित समाचार

संघ र प्रदेशबीच समन्वय हुनुपर्‍यो : मन्त्री घिमिरे

विराटनगर, ४ वैशाख-प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् । संघीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा काममा दोहोरोपना आउने गरेको उनले...

कर्णालीमा संक्रमितको संख्या ४ सय नजिक

सुर्खेत, २२ जेठ-दैलेखमा आज एकै दिन १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय...

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

काठमाडौं, १७ साउन-जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवलाई कोरोना भाररस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्रबार साँझ आएको रिपोर्टमा उनमा काेराेना पोजिटिभ देखिएको हो ।   नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टि...

पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौं, ३ जेठ-नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ । पछिल्लोपटक भारतीय आयल कर्पोरेशन (आइओसी) बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ...

उपत्यकामा कोरोना भेटिएपछि टेकु अस्पतालमा परीक्षण गराउनेको भीड

काठमाडौं, ३१ वैशाख-काठमाडौ र भक्तपुरमा कोरोना संक्रमित भेटिएसँगै टेकु अस्पतालमा परीक्षण गर्नेको भीड लागेको छ ।  परीक्षणका लागि आउने अधिकांश काठमाडौ बाहिरबाट आएका मानिस छन् । साना बच्चदेखि वृद्धवृद्धासम्म परीक्षण्का लागि यतिवेला लाईनमा वसेका छन्...

लुकाएर राखिएको ११ हजार मास्क र ४ सय सेनिटाइजर बरामद

विराटनगर, चैत ९–अगुगमन टोलीले विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्समा कालोबजारी गर्न लुकाएर राखिएको अवस्थामा ठुलो परिमाणमा मास्क र सेनिटाइजर बरामद गरेकोे छ । अनुगम टोलीले आइतबार छापा मारेर लुकाएर राखिएको ११ हजार थान बढि सर्जिकल...

श्रममन्त्री यादवद्धारा ३ महिने कार्ययोजना सार्बजनिक

काठमाडौं, पुुस २२–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिनामा आफूले गर्ने कामको विवरण सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई रोजगारी प्रदान...

सकियो एमाले स्थायी कमिटी बैठक, यी हुन् निर्णय

काठमाडौं, साउन १-नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा आज भएको बैठकमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । माधव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्