विराटनगरमा उपप्रमुखको राष्ट्रिय सम्मेलन हुने

 न्यूज विराट
विराटनगरमा उपप्रमुखको राष्ट्रिय सम्मेलन हुने

विराटनगर । विराटनगरमा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ ।
विराटनगर महानगरपालिकाले जेठ २३ र २४ गते विराटनगरमा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।
राष्ट्रिय सम्मेलनमा देशभरका २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरु सहभागी हुने बुधबार विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सम्मेलनमा ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिकाका उपप्रमुखहरु, कोशी प्रदेशका १३६ नगरपालिका र गाउँपालिकाका उपप्रमुख र उपाध्यक्षहरु, मधेश प्रदेशका ७३, बागमतीका ४१ र बाँकी प्रदेशहरुबाट प्रतिनिधिगतरुपमा उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता रहने छ ।
राष्ट्रिय सम्मेलनमा न्यायिक समितिबाट निरुपण हुने विवाद तथा मुद्दाहरुलाई थप प्रभावकारी बनाउन अनुभव आदानप्रदान गर्ने, योजना तर्जुमा तथा कार्यान्वयनको अनुगमन, मूल्यांकनको प्रक्रियामा खेल्नुपर्ने भूमिका, त्यस क्रममा भएका राम्रा पक्षहरु तथा देखिएका समस्या समाधानका उपायहरुका बारेमा थप स्पष्टता ल्याउने उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् । उनले आन्तरिक राजश्व वृद्धिमा उपप्रमुख तथा उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिकालाई थप स्पष्ट बनाउनका लागि सम्मेलनमा विषयगत छलफल गरिनेछ ।
विद्यमान कानुनमा बाझिएका र संशोधन गर्नुपर्ने विषयहरु एकमुष्ठ गरी विराटनगर घोषणापत्र तयार गरी सार्वजनिक गर्ने र पहिचान भएका समस्याहरु समाधान गर्न संघीय सरकाारलाई आग्रह गर्ने उपप्रमुख कार्कीले जानकारी दिइन् । कार्यक्रममा स्थानीय तहहरुबाट नागरिकलाईउपलब्ध गराउने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा पनि आपसी अनुभवन साटासाट गर्ने कार्यक्रम रहेको छ ।
रााष्ट्रिय सम्मेलन उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने संवैधानिक व्यवस्था बमोजिम विकेन्द्रित न्याय प्रणालीमा विवाद निरुपण गर्न आवश्यक पर्ने ज्ञान र सीपका विषयमा विज्ञ काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्ने छन् । यस्तै गरी वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयासका विषयमा डा. गोपिनाथ खनाल र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिकाको विषयमा रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महानगरका प्रमुख नागेश कोइरालाले स्थानीय तहमा जनप्रतिनिधिहरुबीच सौहाद्र्धपूर्ण वातावरण बनाउन र आन्तरिक द्वन्द्व न्युनीकरण गर्न सम्मेलन महत्वपूर्ण हुने बताए । उनले भने, ‘संविधान र कानुनले परिभाषित गरेको जिम्मेवारीलाई सबैले ठिक ठिक ढंगले बुझ्ने र कार्यान्वयन गर्ने हो भने अहिले धेरै स्थानीय तहहरुमा देखिएका द्वन्द्वहरु स्वतः न्युनीकरण हुन्छन्, आफ्नो अधिकार र सीमाहरु नबुझेकै कारण समस्याहरु भएका हुन्, सबै जनप्रतिनिधि र कर्मचारीहरुको सुसम्बन्ध भएको मध्ये एउटा उदाहरणीय पालिका विराटनगर हो र हामीले यो सन्देश सम्मेलनमार्फत सबैतिर प्रवाह गर्न चाहेका छौं ।’
विराटनगर महानगरपालिकाले सम्मेलनका लागि ४२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ भने कोशी प्रदेश सरकारले १० लाख रुपियाँ उपलब्ध गराएको छ ।

सम्बन्धित समाचार

मेरील्याण्डका विद्यार्थीका लागि ५० लाखको छात्रवृत्ती घोषणा

विराटनगर । विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजका विद्यार्थीहरूका लागि ५० लाख बराबरको छात्रवृत्ती घोषणा गरिएको छ ।मेरील्याण्ड कलेजबाट २०८१ सालमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूका लागि काठमाण्डौंस्थित टेकस्पायर कलेजले ५० लाख बराबरको छात्रवृत्ती घोषणा...

छठ पर्वका लागि विराटनगरमा खोलामा सरसफाइमा गरिँदै

विराटनगर, २३ कात्तिक । नेपालीहरुका दुई ठूला चाड दसैं र तिहार सकिएसँगै अहिले अर्को महत्वपूर्ण पर्व छठको चटारो सुरु भइसकेको छ । अहिले विराटनगर बजारमा छठ पर्वका लागि आवश्यक सामाग्री किन्नेहरुको भिड बढेको छ ।...

शिक्षकको तलब बढाउन शिक्षक महासंघकाे माग

काठमाडौं, २८ वैशाख-नेपाल शिक्षक महासंघले शिक्षकको तलब बढाउन माग गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेललाई भेटेर महासंघले आगामी आर्थिक वर्षको बजेटमा शिक्षकको तलब बढाउन माग गरेको हो । ‘विद्यालयका कर्मचारी र...

कोरोना नियन्त्रणमा केन्द्रित हुन दिगो विकास समितिको सरकारलाई निर्देशन

काठमाडौं, १२ वैशाख-राष्ट्रियसभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन...

महिला क्रिकेट प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा...

पशुपतिमा किरियापुत्री सेवा बन्द

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय...

भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाइँदै

सप्तरी, २ जेठ-लुकिछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरीको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय...

प्रचण्डले केपी ओलीलाई लगाए ठगीकाे आरोप

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई ठग भनेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई ओलीले एकपछि अर्को मुद्दामा ठगेको आरोप लगाए । 'केपी ओलीजस्तो ठग नेतालाई मैले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्