सुनसरी र मोरङबाट ठूलो परिमाणमा गाँजा बरामद, एक भारतीयसहित दुई जना पक्राउ

 न्यूज विराट
सुनसरी र मोरङबाट ठूलो परिमाणमा गाँजा बरामद, एक भारतीयसहित दुई जना पक्राउ

विराटनगर । सुनसरी र मोरङको विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गरेको छ । यी दुई जिल्लाबाट प्रहरीले १ हजार चार सय बढी लागूऔषध बरामद गरेको हो ।
प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका–६, कटान बगर क्षेत्रबाट ११ सय केजी गाँजा बरामद गरेको छ । सिमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टहरू र नेपाल प्रहरीको स्थानीय युनिटको संयुक्त टोलीले मङ्गलबार राति ३८ पोका गाँजा बरामद गरेको हो ।
विशेष अप्रेसन गरी बगर क्षेत्रमा बालुवामुनि लुकाइ राखिएको अवस्थामा प्लास्टिकको बोरा भित्र गाडेको एक हजार १२० किलो गाँजा फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यसैगरी मोरङ प्रहरीले पनि ग्रामथान गाउँपालिका–७ कलाबन्जार चोकबाट ३ सय ४७ किलोग्राम १ सय १० ग्राम गाँजा बरामद गरेको हो । गाँजाको ओसारपसार र कारोबारमा संलग्न भारतीय नागरिकसहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामत रहेका छन् । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको सई नीरबहादुर खड्का नेतृत्वको टोलीले दुवै जनालाई मंगलबार राति ११ः४५ बजेतिर नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ गर्दा उनीहरु प्रदेश १–०४–००१ प ९८३५ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीका अनुसार कामत मोटरसाइकल चालक हुन् । मोटरसाइकल रोकेर बसिरहेको शंकास्पद अवस्थामा नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्दा उनीहरुले गाँजा लुकाएर राखेको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेकाहरुको बयानका आधारमा बुधबार दिउँसो गाँजा बरामद गरिएको हो ।
डीएसपी जोशीका अनुसार साह र कामतलाई नियन्त्रणमा लिइएको स्थानबाट करिब ३ सय मिटर उत्तरमा ‘ह्युम पाइप’मा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । प्लाष्टिक र बोराका १२ वटा पोकामा ‘प्याक’ गरेर लुकाइएको अवस्थामा गाँजा फेला परेको उनले बताए ।
गाँजा बरामद गरेर तौल गर्दा ३ सय ४७ किलो १ सय १० ग्राम थियो । बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान खोजिएको हो भन्ने यकिन भइसकेको छैन । यद्यपि, पूर्वी पहाडी जिल्लामा उत्पादन भएको गाँजा भारततिर कटाउने योजनासहित ल्याइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

सम्बन्धित समाचार

हिसान स्पोर्टस् मिट सुरू, उद्घाटनमा आधा दर्जन कलेज विजयी

विराटनगर । १२ औं संस्करणको हिसान स्पोर्टस् मिट सुरू भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा विराटनगरमा बुधबारदेखि हिसान स्पोर्ट्स मिट सुरु भएको हो । विराटनगरको वैजनाथपुरको क्रिकेट...

प्रदेशमा ५ मा कोरोना संक्रमितको संख्या ५३ पुग्यो

बुटवल, २९ वैशाख-परीक्षणको दायरा बढाएसँगै प्रदेश ५ मा काेराेना संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो...

देशभर मनसुन विस्तार, आज यी क्षेत्रमा छ भारी वर्षाकाे सम्भावना

देशभर आजकाे माैसम सामान्यदेखि पूर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । गण्डकी, कर्णाली...

पहिचानवादीको आन्दोलन रोक्न विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर...

प्रदेश १ मा २३ संक्रमित थपिए

विराटनगर, १२ साउन–प्रदेश १ मा आज २३ जना कोरोना संक्रमितथपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष,...

कोशी प्रदेशस्तरीय अनुसन्धान गोष्ठी सुरु

विराटनगर । कोशी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरू भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा आयोजित बैठकको उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरे ।गोष्ठीमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको विषयमा...

प्रदेश १ः पाँच दलिय गठबन्धनले सार्बजनिक गर्यो न्यूनतम साझा कार्यक्रम

विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...

विराटनगरको पोखरीया देशकै उत्कृष्ट सामुदायिक विद्यालयबाट सम्मानित

विराटनगर । विराटनगरमा रहेको रहेको पोखरीया उच्च माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भएको भन्दै सम्मान गरिएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच पोखरीया माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भन्दै सम्मान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्