क्रिकेट फर इक्वालिटी अन्तर्गत कोशी र मधेश प्रदेशमा क्रिकेट उपकरण सामग्री हस्तान्तरण

 न्यूज विराट
क्रिकेट फर इक्वालिटी अन्तर्गत कोशी र मधेश प्रदेशमा क्रिकेट उपकरण सामग्री हस्तान्तरण

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले कोशी प्रदेश क्रिकेट संघ र मधेश प्रदेश क्रिकेट संघको सहकार्यमा ‘क्रिकेट फर इक्वालिटी’ परियोजना अन्तर्गत प्रदेशस्तरीय “क्रिकेट उपकरण हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ ।

परियोजना अन्तर्गत मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा कार्यक्रम सम्पन्न आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत हस्तान्तरण गरिएका क्रिकेट उपकरणहरूमा “हार्ड बल र सफ्ट बल क्रिकेट”दुबैलाई मध्यनजर गर्दै विविध उपकरणहरू प्रदान गरिएको थियो । क्रिकेट उपकरणमा क्रिकेट ब्याट, हेल्मेट, प्याड, ग्लोभ्स, लेदर बल, टेनिस बल, स्टम्प, कोन्स तथा किट ब्यागहरू समावेश थिए ।

सिरहाको हस्तान्तरण कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, सचिव आयुष श्रेष्ठ तथा सिरहा जिल्ला क्रिकेट संघका सचिव बिकल बिष्टको उपस्थितिमा नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अभिषेक श्रेष्ठले क्रिकेट उपकरण हस्तान्तरण गरे । उदयपुरे हस्तान्तरण कार्यक्रममा उदयपुर जिल्ला क्रिकेट संघका अध्यक्षअ लविन बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

सुनसरीको हस्तान्तरण कार्यक्रममा कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्बजीतराज पाण्डे, सुनसरी जिल्ला क्रिकेट संघका उपाध्यक्ष सञ्जीव ढुंगाना तथा सचिव गोबिन्दप्रसाद पौडेलको सहभागितामा नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अभिषेक श्रेष्ठले क्रिकेट उपकरण हस्तान्तरण गरे ।

यस परियोजनाको उद्देश्य दुबै प्रदेशमा क्रिकेटको पहुँच र समानता सुनिश्चित गर्नु रहेको फाउण्डेसनका संस्थापक श्रेष्ठले बताए । परियोजनाको विद्यालय, ग्रामिण क्षेत्र र पिछडिएको समुदायमा खेलको पहुँच विस्तार गर्दै युवा प्रतिभालाई पहिचान गर्न केन्द्रित छ।

फाउण्डेसनका संस्थापक श्रेष्ठ र कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष पाण्डले, “क्रिकेट खेल मात्र होइन, सामाजिक रूपान्तरणको साधन रहेको बताए । हामी आधारभूत संरचनालाई मजबुत पार्दै, समाजका सबै तहका युवालाई समान अवसर दिने अभियानमा रहेको फाउण्डेसनका संस्थापक श्रेष्ठले बताए ।

कोशी र मधेश प्रदेशमा खेलको पहुँच बढाउनु हाम्रो साझा जिम्मेवारी रहेको उनले बताए । यो अभियान आगामी दिनमा अन्य प्रदेश र जिल्ला क्रिकेट संघ सङको सहकार्यमा विस्तार गर्ने लक्ष्यसहित अगाडि बढाउँने फाउण्डेसनका संस्थापक श्रेष्ठले बताए । यस्तो अवसरले खेलमा सहभागिता मात्र नभई सामाजिक समावेशिता र नेतृत्व क्षमतामा पनि सकारात्मक परिवर्तन ल्याउनेछ” उनले भने ।

सम्बन्धित समाचार

वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटी क्वारेन्टाइन लगियो

काठमाडौं, फागुन ४–कोरोनो भाइरसको महामारी फैलिएको चीनको वुहान सहरबाट उद्दार गरी नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य परीक्षणपछि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको हो । सो स्थानमा उनीहरुलाई बस्न विशेष...

बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 झापा,  १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा...

क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुको गुनासो

विराटनगर, जेठ ३१–प्रदेश १ मा निर्माण गरिएका क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुले बताएका छन् । शनिबार प्रेस संगठन मोरंगले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले क्वारेन्टाईन व्यवस्थित नभएकाले...

मेगा सहकारीको स्थापना दिवसमा मानसेवा आश्रममा भोजन

विराटनगर । विराटनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं स्थापना दिवसको अवसर पारेर भोजन खुवाउने कार्यक्रम आयोजना गरेको छ । सहकारीले विराटनगरमा रहेको मानसेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालवालिकाहरुलाई आज...

चोरी, तस्करी रोक्न मोरङ प्रहरी सक्रिय, हप्तादिनमा २८ लाखको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट हुने चोरी तस्करी रोकथाम र नियन्त्रण गर्दै अवैध सामान समात्न मोरङ प्रहरी सक्रिय रूपमा लागि परेको छ ।प्रहरीले पछिल्लो एक साता भित्र अवैध रूपमा चोरी तस्करी भएर आएको...

अर्बौंको भुक्तानी रोकिएको भन्दै मोरङका निर्माण व्यवसायी आन्दोलित (भिडिओ)

विराटनगर । असार मसान्त भइसक्दा पनि निर्माण व्यवसायीहरूको अर्बौ भुक्तानी रोकिएको भन्दै मोरङका निमार्ण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल सरकारबाट म्याद थपको विषयमा भएको त्रुटीपूर्ण आदेशको विरोध गर्दै निमार्ण सम्पन्न भएको आयोजनाको भुक्तानी राज्यले...

ब्रोकर संख्या थप्न चौतर्फी दवाब, नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने अन्तिम तयारीमा धितोपत्र बोर्ड

काठमाण्डौ, २० असार । अहिले सेयर बजारमा आमसहभागिता निकै बढेको अवस्था छ । हाल रहेका ५० वटा ब्रोकर पर्याप्त नभएको भन्दै चौतर्फी रुपमा ब्रोकर संख्या थप्ने दबाब पर्न थालेको छ । आम चासोको विषय बनेको...

लैंगीक समानता तथा समावेशीकरण नीति बनाउने तालिम सम्पन्न, ९ स्थानीय तहको २५ जनाको सहभागि

विराटनगर । स्थानीय तहले लैंगीक समानता तथा सामाजिक समावेशीकरण नीति (जेसी पोलेसी) बनाउने एक दिने तालिम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार मोरङको सुन्दरहैचना नगरपालिकामा उक्त तालिम सम्पन्न भएको हो । उनीहरुले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्