बुढानिलकण्ठका योगराज र सुम्निमा स्कुलकी कृष्टीना प्रथम, प्याब्सन चित्रकला प्रतियोगितामा विराटनगरका २० विद्यार्थी छनौट

 न्यूज विराट
बुढानिलकण्ठका योगराज र सुम्निमा स्कुलकी कृष्टीना प्रथम, प्याब्सन चित्रकला प्रतियोगितामा विराटनगरका २० विद्यार्थी छनौट

विराटनगर । प्याब्सन विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय चित्रकला प्रतियोगिताबाट २० जना विद्यार्थी जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् । विराटनगरमा मंगलबार सम्पन्न प्रतियोगितामा सिनियर तर्फ ११ र जुनियर तर्फ ९ जना गरी जम्मा २० जना विद्यार्थीहरु जेठ २९ गते हुने जिल्ला स्तरीय प्रतियोगिताको लागि छनौट भएका हुन् ।
प्रतियोगितामा सिनियर समूहतर्फ बुढानिलकण्ठ स्कुलका योगराज साह प्रथम घोषित भए भने जुनियर समूहतर्फ सुम्निमा बोर्डिङ स्कुलकी कृष्टीना राईले प्रथम स्थान हासिल गरिन् ।
सिनियर समूहतर्फ द्वितीय दिल्ली पब्लिक स्कुलकी प्रेरणा पण्डित, तृतीय ग्रेडेड स्कुलकी कृतिका यादव तथा चौथो स्थान एभरेष्ट स्कुलकी रोनी सापकोटाले प्राप्त गरे । यसैगरी जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सिनियर समूहबाट मोर्डन एरा स्कुलकी अंकिता श्रेष्ठ, हेरिटेज स्कुलकी इच्छा बज्राचार्य, पूर्वाञ्चल विद्या सदन स्कुलकी अनिशा राई, डिएभी स्कुलकी सलोनी सोनी, मदरल्याण्ड स्कुलका ओमप्रकाश शर्मा, गौतम बुद्ध स्कुलका आयुष्मा आचार्य तथा बिनायक स्कुलका महावीर कुमार मेहतर छनौट भएका छन् ।

जुनियर समूहतर्फ द्वितीय कान्तिपुर स्कुलका बिप्लव दास, तृतीय ग्रीनल्याण्ड स्कुलका आविष्कार कार्की र चौथो हेरिटेज स्कुलका कोभिड कुन्डलिया घोषित भए । यस्तै, जिल्लास्तरीय चरणमा सहभागी हुने जुनियर विद्यार्थीहरुमध्ये ओडीसि स्कुलकी आयुषा कायुम खान, बिनायक स्कुलकी न्यान्सी कुमारी साह, अपर्ण स्कुलका पेसल पराजुली, बुढानिलकण्ठ स्कुलकी सुश्रीन भट्टराई र शिक्षादीप स्कुलका रोहन साह पनि छनौटमा परे ।
प्रतियोगिताको मुल्याङ्कन ललित कला संगम मोरङका अध्यक्ष प्रकाश चौधरीको नेतृत्वमा भएको थियो । प्रतियोगितामा ३१ विद्यालयका कुल ५८ जना विद्यार्थी सहभागी भएका थिए ।
कार्यक्रम संयोजक यादव प्रधानका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरुको सिर्जनात्मकता र चित्रकलामा भएको रुचिलाई प्रवद्र्धन गर्नु थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय प्रागिक सल्लाहकार सावित्रा पराजुलीले विद्यार्थीमा रहेको क्षमता उजागर गर्न यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिइन् । प्याब्सन विराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठले चित्रकला जस्तो सिपलाई व्यवसायिक स्तरसम्म पु¥याउन सकिने उल्लेख गर्दै विद्यार्थीहरुलाई जिल्लास्तरीय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।
कार्यक्रममा प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलला सिंह सुवाल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष विष्णु डंगोललगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा आगामी यात्राको सफलताको कामना गरेका थिए । अब आगामी जेठ २९ गते हुने जिल्लास्तरीय चित्रकला प्रतियोगितामा यी २० जना विद्यार्थीहरुले विराटनगरको प्रतिनिधित्व गर्नेछन् ।

सम्बन्धित समाचार

राप्रपाको कार्यक्रमले कटहरीमा विद्यालयको पठन पाठन विथोलियो, दिनभर विद्यालयकै सामुन्ने माइकमा भाषण ‘ठोक्दा’ विद्यार्थीेले पढ्न पाएनन्

विराटनगर, १२ असोज । मोरङको कटहरीमा विद्यालयकै सामुन्ने राजनीतिक दलले कार्यक्रम राख्दा दिनभर पठनपाठन प्रभावित हुने गरेको छ । विद्यालयलाई शान्ति क्षेत्र भनिएपनि राजनीतिक दलहरु गैरजिम्मेवार बन्दा पठन पाठन प्रभावित हुने गरेको पाइएको छ ।...

समाद–२ गिती भिडियो एल्बम विराटनगरमा लोकार्पण

विराटनगर, २४ माघ । राजवंशी चलचित्रकर्मी समाद समितिले समाद–२ नामक गिती भिडियो एल्बम लोकार्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समाद २ को लोकार्पण गरे । समाद समितिले निर्माण...

२४ घण्टामा १ हजार १२० जनामा कोरोना पुष्टि, १ हजार ११२ डिस्चार्ज

काठमाडौं, १७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

एमालेको अवरोधकाबीच विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । एमालेको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट बहुमतले...

मोरङको ग्रामथान अध्यक्षमा माओवादीका नमो नारयण माझी निर्वाचित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारयण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका हुन् । निर्वाचित...

खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सवः पत्रकारिता निष्पक्ष र सशक्त हुनुपर्ने जोड

विराटनगर । खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सव सोमबार एक समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन्।वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रदेश सांसद जयप्रकाश चौधरीले...

थप २५० जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण...

चाँदीको गरगहनासहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । दुई किलो बढी चाँदीको गरगहनासहित प्रहरीले एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मोरङ रंगेली नगरपालिका ७ कालि मन्दिर चोकमा भारत जिल्ला अरेरिया आमगाछी पंन्चायत वडा नं १३ बस्ने बर्ष २२ का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्