बाग्लुङलाई १० औं राष्ट्रिय आइटिएफ तेक्वान्दोको उपाधि

 न्यूज विराट
बाग्लुङलाई १० औं राष्ट्रिय आइटिएफ तेक्वान्दोको उपाधि

विराटनगर। मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आइटिएफ आइटिएफ तेक्वान्दोमा बाग्लुङ जिल्ला च्याम्पियन बनेको छ। कानेपोखरी गाउँपालिका ६ मा रहेको जनसेवा माविमा सम्पन्न तीनदिने प्रतियोगितामा बाग्लुङले २० स्वर्ण पदक जित्दै नगद १५ हजार, ट्रफी र मेडल सहित उपाधि चुमेको हो।

भक्तपुरले १४ स्वर्णसहित फर्स्ट रनरअप भई १० हजार नगद, ट्रफी र मेडल प्राप्त गर्‍यो। रुपन्देहीले ४ स्वर्णसहित सेकेन्ड रनरअप बन्‍न सफल भयो।

प्रतियोगितामा १२ जिल्लाका ३२५ खेलाडीहरू सहभागी भएका थिए। बेस्ट प्लेयर पुरुषतर्फ भक्तपुरका आयन श्रेष्ठ, रुपन्देहीका प्रिन्सि दर्लामी, भक्तपुरकी रेसा थापा र रेणी शाहीले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरे।

खेलमा तेह्रथुमलाई अनुशासित टोली, मोरङलाई चौथो स्थान प्राप्त भयो।

कोशी प्रदेश सिएच आइटिफ तेक्वान्दो संघको आयोजनामा पहिलोपटक कानेपोखरीमा आयोजना भएको प्रतियोगिता विभिन्न तौल समूहमा सम्पन्न भएको थियो। समापन समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम तथा संघका केन्द्रीय अध्यक्ष बुशल बुढा मगरसहित विशिष्ट अतिथिहरूको उपस्थिति थियो। कार्यक्रम अध्यक्ष युवराज भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो।

सम्बन्धित समाचार

नेकपाको ह्विप नमान्ने सांसदलाई कारवाही गर्ने प्रमुख सचेतक भट्टराईको चेतावनी

काठमाडौं, फागुन १५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गर्नुभएको छ । संसदमा आवश्यक परे त्यो देखाउन...

विराटनगरबाट वैदेशिक रोजगारीमा जाने ११ प्रतिशतसित मात्रै सीप

विराटनगर । विराटनगर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत महानगरपालिकाका विषयगत शाखाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा सामीले गरेको अन्तरक्रियामा सामी हेल्भेटास नेपालका डीएन चौधरीले नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्थासहित...

शीर्ष नेताका भेटघाट बन्द

कोरोना संक्रमण (कोविड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरूले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट, कार्यक्रम बन्द गरेका छन् । कोरोना संक्रमण विश्वभर फैलिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकल दाहाल...

२६ जिल्लाका सीडीओ सरुवा

काठमाडौं, चैत २–गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । ३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट ती सीडीओहरू सरुवा भएका हुन् । CDO_Details

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४११ संक्रमित थपिए, ४५८ डिस्चार्ज

विराटनगर, २२ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र...

इथियोपियाको क्षेत्रीय राजधानी विद्रोहीको नियन्त्रणमा

इथियोपियाको क्षेत्रीय राजधानी मिकेली विद्रोहीले कब्जा गरेका छन् । टिग्रेस्थित विद्रोही फौजले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । उक्त राजधानी इथियोपियाको फौजले गत नोभेम्बरमा आफ्नो नियन्त्रणमा लिएको थियो । तर,...

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, कोरोना रिपोर्ट आउँदै

इलाम, १ भदौ-इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर २६ साउनदेखि क्वारेन्टाइनमा बसेका २२ वर्षीय युवकको मृत्यु भएको हो । अचानक स्वास्थ्यमा समस्या आएर उनी ढलेका थिए ।...

मास्क नलगाई हिँड्ने ६४ जना पक्राउ

लहान, २४ असार-मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्