मोरङको कटहरीमा दुई अर्बको लगानीमा २ सय शैय्याको सामुदायिक अस्पताल तयार, मेडिकल कलेजसम्म विस्तारको योजना
सोमबार, २० जेठ, २०८२,
न्यूज विराट
विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा दुई अर्बको लागतमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेसन संचालनमा आउन लागेको छ । अत्याधुनिक स्वास्थ्य सेवासहित २०० शैय्याको सामुदायिक अस्पताल यही जेठ २४ गतेदेखि सेवा प्रवाहमा आउने तयारी भएको हो । अस्पतालको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने कार्यक्रम तय भएको छ । ग्रामिण तथा मध्यम वर्गीय जनतालाई लक्षित गर्दै सेवा सुरु गर्न लागिएको यस अस्पतालको मुख्य उद्देश्य सबै नागरिकको स्वास्थ्य सेवामा सहज र समान पहुँच सुनिश्चित गर्नु रहेको फाउण्डेसनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार अस्पतालमा अत्याधुनिक उपकरण, अनुभवी चिकित्सक र दक्ष स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय सेवा प्रदान गरिनेछ । ‘हामीले लाभ नकमाउने तर गुणस्तरीय सेवा दिने लक्ष्य लिएका छौं,’ अध्यक्ष मण्डलले सोमबार अस्पताल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत भने, ‘ग्रामिण क्षेत्रमा बसेका मानिसलाई सुलभ दरमा अत्याधुनिक स्वास्थ्य सेवा पुर्याउने हाम्रो प्राथमिकता हो ।’ अस्पतालमा आकस्मिक सेवा, विशेषज्ञ ओपीडी, गाइनो, बालरोग उपचार, डायलासिस, जनरल तथा लेप्रोस्कोपिक सर्जरीलगायतका सेवा उपलब्ध हुनेछन् । साथै, कार्डियोलोजी (हृदय रोग) तथा न्यूरोसर्जरी (मस्तिष्क तथा नशा रोग) सेवा पनि सुरु गर्ने तयारी गरिएको छ । ‘हामीले क्याथ ल्याब, सिटी स्क्यान, एमआरआईजस्ता उपकरण ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘हृदय तथा मस्तिष्कसम्बन्धी जटिल शल्यक्रियाका लागि आवश्यक पूर्वाधार पनि तयार पारिएका छन् ।’
२० बिघ क्षेत्रफल रहेको अस्पतालको संरचना भविष्यमा मेडिकल कलेज सञ्चालन गर्न मिल्ने खालको बनाइएको छ । पाँच सय शैय्याको अस्पताल निर्माण गरेर एमबीबीएस लगायतका पाठ्यक्रम सञ्चालन गर्ने योजना फाउण्डेसनको छ । हाल अस्पतालमा दुई दर्जन बढी विशेषज्ञ चिकित्सकसहित २०० जनाको स्वास्थ्यकर्मी टिम कार्यरत छन् ।
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु समुदायको पहिचान जोगाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।मोरङको बेलबारी नगरपालिकाको डांगिहाटमा थारु कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै...
विराटनगर, १० चैत । नेपाली कांग्रेसका सभापती शेरवहादुुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरुसँग कुुरागर्दै उनले काग्रेसलाई जनताले प्रतिपक्षको म्यान्डेड दिएकाले सरकारमा जान कांग्रेसलाई हतार नरहेको बताएका हुन्...
एजेन्सी, २० मंसिर । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ’लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्। प्रहरीका अनुसार उनी विदेश जाँदै...
काठमाडौं, १३ असार-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १२० जना महिला र ४३४ जना पुरुषमा कोरोना पुष्टि भएको...
विराटनगर, असार १०–मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठूला व्यापारीहरुलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको छ । हालै जारी भएको संघ तथा प्रदेशको बजेटका विषयमा अवधारणा सार्वजनिक गर्ने कार्यक्रममाझ मोरङ...
विराटनगर, साउन २–नेपाल निजामति कर्मचारी संगठनले कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल व्यवस्था गर्न माग गरेको छ । प्रदेश तथा स्थानीय तहले जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि...
विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।...
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा ९ सय ७७ मत खसेको छ। विराटनगरस्थित होटल मुनास्लुमा भएको मतदानमा ९९७ मध्ये ९७७ मत खसेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए...