विराट मेडिकलमा न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना, कोशीमै पहिलोपटक अत्याधुनिक सेवा सुरु

 न्यूज विराट
विराट मेडिकलमा न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना, कोशीमै पहिलोपटक अत्याधुनिक सेवा सुरु


विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले कोशी प्रदेशमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको औपचारिक सुरुवात गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त सेवा सुरु गरेको हो ।
कार्यक्रममा सीएमसीका न्यूक्लियर मेडिसिन विभाग प्रमुख डा. जीवन पौडेलले पूर्वी नेपालमा यस्तो अत्याधुनिक प्रविधियुक्त विभाग सुरु हुनु स्वास्थ्य क्षेत्रमा एक ठूलो फड्को भएको बताए । उनले विराट मेडिकल कलेज टिचिङ हस्पिटलले ल्याएको यो कदमले क्यान्सर जस्ता जटिल रोगहरूको निदान र उपचारमा नयाँयुगको सुरुवात गरेको स्पष्ट पारे । रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. सुलभ सापकोटा र डा. अस्मिता रायमाझीले विभागको सुरुवातसँगै क्यान्सर उपचार अझ सहज, भरपर्दो र सर्वसुलभ हुने विश्वास व्यक्त गरे । उनीहरुले अब पूर्वी नेपालका सर्वसाधारणले पनि विश्वस्तरीय सेवा सहजै प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको बताए ।
अस्पतालका संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विराट मेडिकल कलेज टिचिङ हस्पिटल स्थापना गर्दा हामीले सेवा, शिक्षा र सामाजिक परिवर्तनको केन्द्र बनाउने लक्ष्य राखेको बताए । न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको सुरुवातले त्यो परिकल्पना आज थप मजबुत बनेको उनले बताए । ‘स्वास्थ्य सेवा नाफा मुखी होइन, सेवामुखी हुनुपर्छ भन्ने मान्यतामा हामी अडिग छौं । गुणस्तरीय सेवा, दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको संयोजन मार्फत हामी अस्पताललाई अझ सहज रूपमा आम नागरिकको पहुँचमा पु¥याउन चाहन्छौं,’ अध्यक्ष डा. कार्कीले भने, ‘हामी चाहन्छौं कि बिरामीहरू उपचारका लागि काठमाडौं वाविदेश जाननपरोस्, सबै सेवा यही विराटनगरमै सहज रूपमा उपलब्ध होस् ।’
अस्पतालका सीईओ डा. निकिता कार्कीले पनि स्वास्थ्य सेवा जनउत्तरदायी र सर्वसुलभ हुनुपर्छ भन्ने मान्यताका साथ अस्पताल सञ्चालन भइरहेको बताए । उनले े अस्पताललाई अझ सुविधा सम्पन्न, प्रविधिमैत्री र अनुसन्धान मुखी बनाउने लक्ष्यसहित आगामी दिनहरूमा थप सेवा विस्तार गरिने जानकारी दिए ।

सम्बन्धित समाचार

चोरीको ३६ केजी चाँदीसहित विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट ३६ केजी चाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

३२ जनाले जिते कोरोना, कुल ३ सय ६५ जना संक्रमणमुक्त

काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई जितेर घर फर्किने संख्या बढिरहेको छ । शनिबारसम्मको विवरणअनुसार ३ सय ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा उपचारपछि निको भएर थप...

कोशी प्रदेशको सुरक्षा बैठक सोमबार विराटनगरमा बस्दै, आज साझमा गृहमन्त्री आउँदै

विराटनगर । कोशी प्रदेशको सुरक्षा बैठक भोली विहान विराटनगरमा बस्ने भएको छ । विराटनगरस्थित बीग होटलमा सोमबार विहान ८ बजेदेखि सुरु हुने बैठकको लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साझ साढे ५ बजेको विराटनगर...

संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, ४ असार-नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ राष्ट्रिपतबाट प्रमाणीकरण भएको छ । दुवै सदनबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि बिहीबार विधेयक पेस गरिएको थियो । राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएर आएको...

नेकपा सचिवालय बैठक विना निष्कर्श टुंगियो

काठमाडौं, १७ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठकमा पछिल्लो समय देखिएका विवादबारे छलफल भए पनि निर्णय हुन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । बैठकले...

अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीलाई

काठमाडौं, १९ भदौ-अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् । डा. युवराज खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको दुवै मन्त्रालको जिम्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई दिएकी हुन् ।...

प्रधानमन्त्री भन्छन् : कोरोना फैलिएको देख्दादेख्दै लकडाउन खोल्ने कुरै हुँदैन

काठमाडौं, २९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्समार्फत कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिएका छन् । सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म संचालन भइएको भर्चुअल छलफलका...

प्रभु बैंकको नारायणगढ शाखामा आगलागी

चितवन, १५ वैशाख-चितवनको नारायणगढस्थित प्रभु बैंक शाखामा आगलागी भएको छ ।विद्युत चुहावट भएर आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्