ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको त्रैमासिक समिक्षा

 न्यूज विराट
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको त्रैमासिक समिक्षा

विराटनगर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, सञ्चालन तथा सुपरिवेक्षण कार्यालय विराटनगर अन्तर्गतका ४२ वटा शाखा कार्यालयहरुको त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक समिक्षा, चौथो त्रैमासिक लक्ष्य निर्धारण तथा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट र वार्षिक कार्ययोजना सम्बन्धी एक दिवसीय गोष्ठी आइतबार विराटनगरमा सम्पन्न भएको हो ।
गोष्ठीको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले गरेका हुन् । कार्यक्रमको सभापतित्व सुपरिवेक्षण कार्यालयका प्रमुख गोविन्द प्रसाद ढुङ्गेलले गरे । कार्यक्रम सञ्चालन सहायक प्रबन्धक दिपक खवासले र स्वागत मन्तव्य प्रबन्धक कुमुद मोहन झाले गरे ।
कार्यक्रममा प्रमुख अतिथि कटुवालले ग्रामीण विकास लघुवित्तले देशका दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई लक्षित गरी विना धितो र धितोमा आधारित कर्जा तथा बचत सेवाका साथै सामाजिक उत्तरदायित्व पूरा गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।
उक्त कार्यक्रमले संस्थाका आर्थिक, सामाजिक र व्यवस्थापकीय पक्षहरूलाई सुदृढ बनाउने रणनीति तय गर्न मद्दत पुगेको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार

पत्रकारमाथि कुटपिट गर्ने मेयर र कर्मचारीविरुद्ध अझै कारबाही भएन

जनकपुर, पुस २५–धनुषामा पत्रकारमाथि कुटपिट भएको चार दिन बितिसक्दा पनि कारबाहीको प्रक्रिया अघि बढेको छैन । नगरपालिकाका कर्मचारीले मेयरकै अगाडी आधा दर्जन पत्रकारहरूलाई हातपात गर्दै कार्यालयको कम्पाउण्डसम्म लगेका थिए । प्रहरीले पहिलो दिन नै नगरपालिकाबाट...

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले ट्राफिकलाई दियो ८ हजार मास्क

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ । एसोसिएसनले कोभिड १९ को महामारी नियन्त्रण गर्ने सरकारको प्रयत्नलाई सहयोग गर्न उक्त सहयोग गरेको जनाएको छ ।...

विराटनगरका कांग्रेस नेता गुप्ताले सुरु गरे श्रीलंकालाई आर्थिक सहयोग अभियान

विराटनगर, २७ असार । विराटनगरका नेपाली कांग्रेसका नेता राजेश गुप्ताले आर्थिक संकट झेलीरहेको श्रीलंकालाई सहयोग अभियान सुरु गरेका छन् । नेपाली कांग्रेस प्रदेश १ का कोषाध्यक्ष रहेका गुप्ताले संकटबाट गुज्रीरहेको श्रीलंकाका लागि आर्थिक सहयोग अभियान...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

एजेन्सी, असार ९-भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको हो । त्यस्तै, त्यहाँ अहिलेसम्म...

१५ हजारको अक्सिजन सिलिण्डर ४१ हजारमा बेच्ने तीन जना समातिए

अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर...

सुम्निमा स्कुलमा स्पोर्ट्स सप्ताह शुरू

विराटनगर । विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ्लिश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बुधबारदेखि स्पोर्ट्स सप्ताह सुरू भएको हो । एक हप्तासम्म सुरू हुने सप्ताहमा...

टी – २० क्रिकेट प्रतियोगिता : आर्मी सेमिफाइनलमा, दोस्रो खेलमा वागमतीको पहिलो जित

विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा क्रिभुवन क्लवको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइलनमा पुगेको हो ।आर्मीसँग...

सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ मृग मृत फेला

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएर मरेको अवस्थामा ती मृग फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ । मृत भेटिएकामध्ये १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्