विराटनगर १२ को सम्पन्न बस्तीमा बाढी पस्यो, १४५ घर परिवार जोखिममा

 न्यूज विराट
विराटनगर १२ को सम्पन्न बस्तीमा बाढी पस्यो, १४५ घर परिवार जोखिममा

विराटनगर । विराटनगर–१२ स्थित सम्पन्न बस्तीका केसलिया खोलाको बाढी पसेको छ । शनिबार बिहान बस्तीमा बाढी पस्दा १४५ घर जलमग्न भएको छ ।
बस्ती जोगाउन विराटनगर महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको समन्वयमा अस्थायी तटबन्ध निर्माण गरिएको छ ।
केसलिया खोला सम्पन्न बस्तीको छेउबाट बग्छ । यस खोलाले वर्षायाममा बारम्बार डिल कटान गर्दै आएको छ । यही समस्या समाधानका लागि कोशी प्रदेश सरकारले तटबन्धनको काम थालेको थियो । तर, १ सय मिटर आवश्यक तटबन्धनमध्ये ५१ मिटर मात्रै निर्माण भएको छ । बाँकी ४९ मिटर अधुरो रहेकाले खोलाको धार बस्ती तर्फ मोडिएको हो ।

सम्बन्धित समाचार

पर्सामा थप १ सय ४२ जनामा काेराेना

काठमाडाैं, २३ साउन-नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार बिहीबार राति गरिएकाे परीक्षणमा २२ महिला र...

सात क्विन्टल गाँजा तरकारी बोक्ने ट्रकबाट बरामद, भेडेटारबाट एक जना पक्राउ

धनकुटा । साँगुरीगढी गाउँपालिका – ६ स्थित भेडेटार बजारबाट प्रहरीले सात क्वीन्टल बढी परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले अपरान्ह तीन...

शसस्त्र प्रहरीलाई गोताखोर तालिम सुरु

विराटनगर । कोशी प्रदेशमा शसस्त्र प्रहरीका लागि गोताखोर तालिम सुरु भएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कोशी प्रदेशका प्रमुख सचिव...

विराटनगरमा ‘तमु ल्होसार’ पर्व मनाइयो

विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । विराटनगरमा भव्य कार्यक्रमसहित यो पर्व मनाइएको हो। विराटनगरस्थित होटल कन्जनजंगामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रम गरी मनाइयो...

कोरोना संक्रमणको जोखिम बढेपछि जनकपुरधाममा निषेधाज्ञा

जनकपुरधाम, १८ साउन-कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सोमबार रातिदेखि लागू हुने गरी जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।  आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी जनकपुरधाममा १ सातासम्मका लागि निषेधाज्ञा...

१४ हजार बढी क्वारेन्टाइनमा, कम बागमती र सबैभन्दा बढी प्रदेश ५ मा

काठमाडौं, १३ वैशाख-कोरोना भाइरसका संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १४ हजार बढी व्यक्ति देशभरका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न ठाउँमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य...

फर्किन चाहने नेपालीलाई विवरण दिन अस्ट्रेलियास्थित नेपाली दूतावासको आग्रह

काठमाडौं, १६ जेठ-अस्ट्रेलियास्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेलाई आफ्नो विवरण अध्यावधिक गर्न सूचना जारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपाल फर्किन नपाएका र तत्काल नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका अस्ट्रेलिया र अस्ट्रेलियास्थित...

विराट एक्पो : कृषिका फरक उत्पादनहरूमा उपभोक्ताको चासो

विराटनगर, फागुन ६–विराटनगरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका फरक  उपभोक्ताले चासो देखाएका छन् । एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पाल्नका लागि जानकामरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्