मोरङ प्रहरीको सक्रियता, हराएको सुनसहित तीन जना पक्राउ

 न्यूज विराट
मोरङ प्रहरीको सक्रियता, हराएको सुनसहित तीन जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले हराएको सुन किन्ने र बेच्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। बिराटनगर–९ जलजला चोकबाट हराएको सुनसहित प्रहरीले विक्रेता र खरिदकर्तालाई नगदसहित नियन्त्रणमा लिएको हो।

भारत, कलकत्ताका सनातन प्रधानले जलजला चोकमा विगत १३ वर्षदेखि संचालन गर्दै आएको सुन कारखानामा कार्यरत मोहम्मद यासिनले सुन पालिस गरेर साइकलमार्फत फर्कने क्रममा सुनका गहना घोघापुल नजिकै बाटोमा खसाएका थिए। सुन पहेंलो प्लास्टिकको झोलामा राखिएको थियो।

सुन खसेको देखेपछि बिराटनगर–११ का १९ वर्षीय शिव मरिक र ऐराखे बस्ने १७ वर्षीय राजा मरिकले उक्त गहना उठाई लगेका थिए। घटनाबारे जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सिसीटिभी फुटेजको सहायताले दुवै जनाको पहिचान गरी पक्राउ गरेको थियो।

सोधपुछका क्रममा ती युवाहरूले गहना केसलिया रोडका ५० वर्षीय मां ज्वेलर्सका संचालक अरविन्द स्वर्णकारलाई १ लाख ६० हजारमा बिक्री गरेको स्वीकारेपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जनाएको छ। उनीहरूबाट सुनजस्तो देखिने गहना तथा नगद रकमसमेत बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ब्रासलेट सुनजस्तो, मोती बुनेको २ थान, नथिया सुनजस्तो देखिने १ थान, कुन्डल झुम्का – २ थान, मनटिका १ थान, महिलाको औँठी – १ थान, फुली – १ थान, नगद १ लाख ६९ हजार ५ सय बरामद भएको डीएसपी जोशीले जानकारी दिए । पक्राउ परेका तीनैजनालाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

सम्बन्धित समाचार

भागरथी हत्याका आरोपित नाबालक भएको पुष्टि

बैतडी दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोर नाबालक नै रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैवडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण अधिकारीले...

छबुँदे माग पूरा गर्न नेपाल समूहले दियो ओलीलाई ४ बजेसम्मको अल्टिमेटम

नेकपा एमालेको नेपाल-खनाल समूहले आफ्ना ६ बुँदे माग पूरा गर्न अध्यक्ष केपी ओलीलाई तीन घण्टे अल्टिमेटम दिएको छ । नेपाल समूहको आकस्मिक स्थायी कमिटीको बैठकले अध्यक्षद ओलीलाई माग पूरा गर्न अपरान्ह चार बजेसम्मको अल्टिमेटम दिएको नेता भीम...

अत्यावश्यकबाहेक सबै सेवा बन्द

सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ९ चैतदेखि २१ चैतसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले शुक्रबार बेलुका देशवासीका नाममा सम्बोधन...

कटहरी गाउँपालिकालाई जसपाले बुझायो ज्ञापनपत्र

विराटनगर, ६ असार । नीति तथा कार्यक्रममा विभिन्न जनसरोकारका विषय समेट्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले कटहरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । जसपा कहटरीले सोमबार आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विभिन्न २१ बुँदे...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विद्यार्थीलाई छाता वितरण

विराटनगर, २६ साउन। शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई छाता वितरण गरेको छ । गर्मी र वर्षाका कारण विद्यालय जानबाट वञ्चित विद्यार्थीहरुलाई क्लबले छाता वितरण गरेको...

विराटनगरमा मंगलबार साँझदेखि गएको लाइन बल्ल आयो, सवैतिर विद्युत सुचारु गराउने प्रयास जारी

विराटनगर, ४ कात्तिक । सोमबारदेखिको अविरल वर्षाका कारण आएको बढीले. नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीडमा क्षती पुर्याएपछि विराटनगर क्षेत्रमा अवरुद्ध भएको विद्युत सुचारु भएको छ । प्रदेश १ का अधिकांश जिल्लामा विद्युत आपूर्ती हुने दुहवी...

डिग्री क्याम्पसको प्रयोगशालाबाट उपकरण चोरी आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको प्रयोगशालाबाट विभिन्न उपकरण चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, सोही ठाउँका बर्ष २२ का प्रमोद...

काठमाडौं भित्रिने र छाड्ने घटे

काठमाडौं, १४ कात्तिक-कोभिड-१९ महामारीको त्रासका कारण यसपालिको दसैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रूपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या लाखौँलाख हुन्थ्यो । यसपालि भने केही लाखले मात्रै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्