‘सम्झौता गरेर औषधिको कारोवार गरे भूक्तानीमा कुनै समस्या पर्दैन’

 न्यूज विराट
‘सम्झौता गरेर औषधिको कारोवार गरे भूक्तानीमा कुनै समस्या पर्दैन’

विराटनगर । सम्झौता गरेर व्यापार व्यवसाय गरे कुनैपनि औषधि व्यवसायीले भुक्तानीको समस्या भोग्नु नपर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका छन् ।
नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले बिहीबार विराटनगरमा आयोजना गरेको थोक व्यवसायीहरुको भेलामा सहभागी सरोकारवालाहरुले भुक्तानीको समस्याका कारण औषधि व्यवसायीहरुले समस्या भोग्दै आउनु परेकोले व्यापारिक कारोवार गर्दै सम्झौता गरेरमात्र गरे समस्या नआउने बताएका हुन् ।
उनीहरुले औषधि व्यवसायी संघले बनाएको नो ओब्जेक्सन सर्टिफिकेट (एनओसी) गरेर कुनैपनि व्यवसायीले कुनैपनि व्यापारिक फर्मसँग कारोवार गर्न जोड दिंदै एनओसी गरेर कारोवार गरे कुनै समस्यामा नपर्ने दावी गरे । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका थोक तर्फका केन्द्रीय सदस्य गौतम गुप्ताले सम्झौता अनुसारको काम नगर्दा समस्या हुने गरेको भन्दै समस्या जसलाई परेपनि एनसिडिएको शाखा कार्यालयमा निवेदन दिन व्यवसायीहरुलाई आग्रह गरे । उनले आयातकर्ता (सुपर स्टोकिष्ट) का कारण थोक र खुद्रा व्यवसायीलाई समस्या भइरहेकोले सबै व्यवसायीहरुलाई पोष्ट डेटेड चेक (पिडिसी) मा नगरि कि त नगदमा कि त उधारोमा मात्र कारोवार गर्न आग्रह गरे ।
नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेश समितिका अध्यक्ष धनबहादुर काफ्लेले सबै थोक व्यवसायी एकजुट भएर कारोवार गरे खुद्रा व्यवसायीले बद्मासी गर्न नसक्ने बताए । उनले कुनैपनि औषधि व्यवसाय सम्बन्धी समस्या व्यक्तिगत रुपमा भन्दा सामूहिक रुपमा संघ मार्फत समाधान खोज्दा पूर्णता पाउने भएकोले सबै औषधि व्यवसायीहरुलाई संघमा निवेदन दिन आग्रह गरे ।
नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष कुमार खतिवडाले आवश्यकता भन्दा वढी थोक व्यवसायीहरु हुँदा अस्वस्थ प्रतिष्पर्धा बढेका कारण भूक्तानीमा समस्या आइरहेको भन्दै नयाँ थोक व्यवसायी बनाउँदा उत्पादक तथा आयातकर्ताले अगाडीदेखि कारोवार गर्दै आएका थोक व्यवसायीलाई जानकारी गराए कुनै समस्या नआउने बताए ।
कार्यक्रममा संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) गरेर र पोष्ट डेटेड चेक(पिडिसी) नदिई गरिने कारोवारलाई पूर्ण कार्यान्वयनमा ल्याउनसके कुनैपनि समस्या आउन नसक्ने दावी गर्दै सबै औषधि व्यवसायीहरुलाई एनओसी गरेर र नगद तथा उधारोमामात्र कारोवार गर्न आग्रह गरे । उनले आयातकर्ता (सुपर स्टोकिष्ट) का कारण थोक र खुद्रा व्यसायीहरु समस्यामा परिरहेकोले थोक र खुद्रा औषधि व्यवसायीहरु एकजुट भएर आफुलाई परेको समस्या समाधानमा लाग्न सुझाव दिए । उनले उपभोग म्याद गुज्रीएका औषधि खुद्राले १८ महिना भित्र थोक व्यवसायीलाई पठाउनुपर्ने र २१ महिनाभित्र थोकले आयातकर्ता(सुपर)लाई पठाइसक्नुपर्ने भएपनि सुपरले त्यो अनुरुप क्षतीपूर्ति नदिंदा थोक व्यवसायी मारमा परिरहेकोले थोक व्यवसायी एकजुट भएर दबाव दिन आवश्यक भएको बताए ।
औषधि व्यवसायी संघले एनओसी धेरै अगाडीदेखि लागु गरेपनि औषधि व्यवसायीहरुले त्यसको पालना नगर्दा समस्या आउने गरेको र त्यसलाई उत्पादक, आयातकर्ता , थोक र खुद्रा व्यवसायीहरुले पालना गर्न सरोकारवालाहरुले जोड दिएका थिए ।
कार्यक्रममा विराटनगरमा रहेका ५० जना भन्दावढी औषधि व्यवसायीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

तेली समाजले निवन्ध प्रतियोगिता गर्दै, प्रथम हुनेलाई ६ हजार पुरस्कार

विराटनगर । तेली कल्याण समाजले निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो भदौ ९ गते समाजले निवन्ध प्रतियोगिता गर्ने भएको हो ।‘संघीयतामा जातीय एकताको आवश्यक्ता र चुनौती’ विषयक शीर्षकमा निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको...

मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ

झापा, असार २९। झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । यही असार २४ गते राती पुरानो...

बधाइ दिन आउनेको भिडले काम प्रभावित भयो : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई तथा शुभकामना दिने आउनेहरुको भिडको कारणले कामकाजमा प्रभावित भएको बताएका छन् । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले...

तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

विराटनगर, १२ असार । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६...

प्याब्सन मोरङको नवनिर्वाचित समितिको पदस्थापन

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन भएको छ । प्याब्सन मोरङको सभाहलमा मंगबलार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । नवनिर्वाचित पदाधिकारी, कार्यसमिति सदस्यहरुलाई सपथ...

दोस्रो खेलमा विराटसँग पूर्वाञ्चल पराजित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिताकोआज भएको दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित भएको छ । पूर्वाञ्चलले दिएको ७६ रनको लक्ष्य विराटले ८.१ ओभरमा ३ विकेट गुमाउँदै...

स्थायी कमिटी बैठकमा जनार्दनको विशेष प्रस्ताव (प्रस्तावसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले छलफलका लागि विशेष प्रस्ताव पेस गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई सम्बाेधन गर्दै पेस गरेको विशेष प्रस्तावमा उनले सरकारले ‘संघीय लोकतान्त्रिक...

लियोको फ्लाई युथ क्याम्प नाम्जेमा

विराटनगर । लियो जिल्ला परिषद ३२५ सि ले फ्लाई युथ क्याम्पको आयोजना गरेको छ। लियो क्लवमा आवद्ध युवाहरुमाझ फेलोसिपको माध्यमद्वारा नेतृत्वको विकास गर्ने उद्देश्यले फ्लाइ युथ क्याम्प आयोजना गरेको हो । क्याम्पको उद्घाटन सत्र धरान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्