ग्रेडेड स्कुलमा अभिभावक सचेतना तथा दीक्षान्त समारोह
बिहिबार, १६ जेठ, २०८२,
न्यूज विराट
विराटनगर । विराटनगर ८ मा अवस्थित ग्रेडेड स्कुलले २०८२ सालको शैक्षिक सत्रको सुरुवातमा सिटिएफ नेपालसँगको सहकार्यमा अभिभावक सचेतना तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
सिटिएफ नेपालकी प्रबन्धक निर्देशक निर्मला पौडेल र प्रशिक्षक रूपा अधिकारीले प्री–प्राइमरी बालबालिकाका अभिभावकहरूको अभिमुखीकरणको सहजिकरण गरेका थिए।
बाल मनोविज्ञान ,स्याहार सुसार र बाल जीवनशैलीको बारेमा केन्द्रित सचेतना मूलक कार्यक्रम अभिभावकहरूले निकै नै ज्ञानवर्धक रहेको जानकारी गराए ।
त्यसैगरी सोही अवसरमा प्रि–स्कुलका विद्यार्थीहरूको पनि विशेष समारोह आयोजना गरी दीक्षान्त समारोह आयोजना गरिएको थियो । दीक्षित हुने विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालयले प्रत्येक हप्ताको बुधबार विद्यार्थीहरूको इच्छा अनुरुप विभिन्न अतिरिक्त सिपयुक्त क्रियाकलाप पनि गर्दै आएको र यस प्रकारका विभिन्न विद्यार्थी तथा अभिभावक लक्षित कार्यक्रम गर्दै आएको छ । रोबोटिक्स , कोडिङ र एआईको कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जानकारी गराए । उनले बालबालिकाको प्रारम्भिक विकासमा अभिभावक र शिक्षकको भूमिकाको महत्वबारे प्रकाश पार्दै भविष्यमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने बताए ।
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले रकेट बनाउँदै ६ दिने विज्ञान सम्बन्धी कार्यशाला सकिएको छ । काठमाण्डौं बाहिर पहिलो पटक शिक्षादीप कलेजले विज्ञान सम्बन्धी यति ठूलो र भव्य कार्यशाला विराटनगरमा आयोजना गरेको थियो । उक्त...
जुम्ला, १ असार-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/भएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको...
विराटनगर, ३ असोज–विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १...
विराटनग । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले चार जना पत्रकारलाई सम्मान गरेको छ । संघको २५ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समितिकोे १२ जिल्ला अधिवेशनको अवसर पारेर शनिबार चार जना पत्रकारहरुलाई सम्मान...
विराटनगर, ८ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगर भन्सार संघका अध्यक्ष विजेन्द्र परासरको निधन भएको छ । शनिबार विहान अध्यक्ष परासरको ५१ वर्षको उमेरमा निधन भएको हो । मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा...
बारा, ५ असार । बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको...
विराटनगर । दन्त सामाग्रीहरुको उत्पादन बारे जानकारी दिने उद्देश्यले नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) ले यहि बैशाख ५, ६ र ७ गते काठमाण्डौमा अन्तर्राष्ट्रिय स्तरको तीन दिने ‘नेपडेन्ट–२०२५’ सम्मेलन आयोजना गर्ने भएको छ ।एनडिडिएले...
एजेन्सी, ६ साउन । भारतमा म्युकरमाइकोसिस (कालो ढुसी)को संक्रमणको कारण ४३ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो ।...