विराटनगरको सजिलो जिमको बढ्दो लोकप्रियता

 न्यूज विराट
विराटनगरको सजिलो जिमको बढ्दो लोकप्रियता

विराटनगर । आधुनिक फिटनेस उपकरण र अनुभवी प्रशिक्षकहरूको उपस्थितिले विराटनगर ४ कञ्चनबारीमा रहेको सजिलो फिटनेश एण्ड जिमले सबै उमेरका मानिसहरूको मन छन सफल भएको छ । २०७२ सालमा स्थापना भएको यो जिमले आजको दिनमा स्वास्थ्य र फिटनेसको क्षेत्रमा एक महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
यहाँ कार्डियो, वेट ट्रेनिङ, फिजिकल ट्रेनिङ, स्ट्रेन्थ ट्रेनिङ, र ट्रान्सफर्मेशनल प्रोग्रामहरू उपलब्ध रहेको जिमका संचालक सञ्जय शाहले जानकारी दिए ।
जिममा हालसम्म ३ करोड भन्दा बढी लगानी भइसकेको छ, जसले यसलाई यस क्षेत्रको एक प्रमुख फिटनेस सेन्टर बनाएको छ । विशेष कुरा के छ भने यो जिममा केवल स्वस्थ व्यक्तिहरूका लागि मात्र नभएर बिरामीहरूका लागि पनि थेरापी सेवा उपलब्ध छ । यसले स्वास्थ्य सेवाको क्षेत्रमा यसको योगदानलाई झनै महत्वपूर्ण बनाएको छ ।
सजिलो जिमको सफलतामा यहाँका अनुभवी प्रशिक्षकहरूको महत्वपूर्ण योगदान छ । हाल यहाँ सञ्जय शाह, मनु मुखिया, अजय मण्डल, सङ्गम धमला, आनन्द कामत र सुजल पौडेललगायत दक्ष प्रशिक्षकहरू कार्यरत छन् । यी प्रशिक्षकहरूले प्रत्येक व्यक्तिको आवश्यकता अनुसार व्यायाम योजना तयार गरी व्यक्तिगत सेवा प्रदान गर्ने गरेका छन।
जिममा दैनिक ३०० देखि ४०० जना नियमित रूपमा व्यायाम गर्न आउने गरेका छन् । शरीरलाई स्वस्थ राख्नको लागि नियमित रूपमा सजिलो जिममा व्यायाम गर्न जाने गरेको विराटनगरका ४ कन्चनबारीका त्रिलोचन गौतमले बताए ।
जिममा व्यायाम गर्न आउने व्यक्तिहरूले आकर्षक शरीर निर्माणका लागि नियमित अभ्यास र अनुशासित जीवनशैली आवश्यक भएको बताएका छन् । यसले युवाहरूमा स्वस्थ जीवनशैली अपनाउने प्रेरणा दिइरहेको छ ।
सजिलो जिमको बढ्दो लोकप्रियताले स्थानीय व्यापार र व्यवसायको प्रवर्धनमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । यसले धेरै व्यक्तिहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीको अवसर प्रदान गरिरहेको छ । साथै फिटनेस उद्योगको विकासमा पनि यसको भूमिका उल्लेखनीय छ ।
सजिलो फिटनेश एण्ड जिमको सफलताले देखाएको छ कि गुणस्तरीय सेवा र आधुनिक सुविधाले कुनै पनि व्यवसायलाई उचाइमा पु¥याउन सक्छ । यो जिमले विराटनगरका मानिसहरूको स्वास्थ्य चेतनामा सकारात्मक परिवर्तन ल्याएको छ र भविष्यमा पनि यस क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

नेकपा सचिवाल बैठकको समय सर्‍यो

काठमाडौं, २० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकको समय सरेको छ । ४ बजे बस्ने भनिएको बैठक डेढ घण्टा पछि सारेर ५ बजेर ३० का लागि डाकिएको हो । नेकपाभित्र देखिएको विवाद समाधानका...

शान्ति युवा क्लबद्वारा विराटनगर–११ का महिलाहरुसँग अन्तरकृया

विराटनगर, २४ फागुन । शान्ती युवा क्लबले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज विराटनगर ११ का महिला हरुसँग अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रममा वडाध्यक्ष ७ तिर्थेन्द्र न्यौपाने, वार्ड नम्बर ११ कि वाडा सदस्य इन्दिरा...

कोरोना संक्रमितका लागि ९४२ आईसीयू र ४९६ वटा भेन्टिलेटर छुट्याइयो

काठमाडौं, २९ साउन-कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि देशभर ९४२ वटा आईसीयू बेड व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमण भएर आएकाको उपचारका लागि कुल...

सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता, तीन वटा फाइकल खेल्ने एक महिला

विराटनगर । सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् ।बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल...

शिक्षा प्रतिवेदन छाप्ने संस्थामाथिकाे कारबाही राेक्न शिक्षामन्त्रीसँग आग्रह

सरकारले गोप्य राखेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग ०७५ को प्रतिवेदन प्रकाशित गर्ने दुई संस्थामाथि कारबाही थालेपछि आयोगका सदस्यहरूले विरोध जनाएका छन् । ती संस्थामाथिको कारबाही रोक्न उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलसँग आग्रह पनि...

विराटनगरमा पत्रकार महासंघको तीज कार्यक्रम, महिला सञ्चारकर्मीलाई साडी वितरण

विराटनगर, ८ भदौ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाली महिलाहरुले मनाउने तीज पर्वबाट एक आपसमा सद्भाव बढेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित तीज कार्यक्रममा शुभकामना व्यक्त्त गर्दै प्रजिअ दाहालले...

अनिवार्य खोपकार्डविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोपकार्ड अनिवार्य गरेको विरोधमा सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले नेपाल सरकार मन्त्रिपरिषद्...

जिफन्ट प्रदेश १ मा युवा र महिला कमिटिमा नयाँ नेतृत्व : युवाको अध्यक्षमा भली सुब्बा गुरूङ्ग, महिलामा डोमा

विराटनगर । नेपाल  ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ को महिला तथा युवाको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । जिफन्ट प्रदेश युवा कमिटिको अध्यक्षमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्