विराटनगर । कोशी प्रदेशका ७ जना पत्रकार सम्मानित भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई बिहीबार सम्मान गरिएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विशेष समारोहमा प्रमाणपत्र र जनही १ लाख रूपैयाँसहित अग्रज पत्रकारलाई सम्मान गरेका हुन् । सम्मानित हुने पत्रकारहरूमा झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, विमल लामिछाने, धनकुटाका राजेश्वर श्रेष्ठ, सुनसरीकी यशोदा सेने, मोरङका मोहम्मद सदरुल र मनोज दाहाल रहेका छन् ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रममा कोशी प्रदेशमा लामो समयदेखि पत्रकारितामा योगदान पुर्याउँदै आएकालाई सम्मान गरिएको हो । प्रदेश सरकारले हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा पत्रकारहरुलाई सम्मान गर्दै आएको छ ।