विराटनगर ८ मा रमणीय पार्कको शिलान्यास

 न्यूज विराट
विराटनगर ८ मा रमणीय पार्कको शिलान्यास

विराटनगर । विराटनगर ८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर बृद्धाआश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अज्र्यालले पार्क निर्माण गर्न लागेका हुन् ।
२ विगाहा आठ कठ्ठा जमिनमा पार्क बनाउन लागिएको हो । पार्कको १८ औं गणतन्त्र दिवसको अवसर पारेर आज शिलान्यास गरिएको छ । पार्कको विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम पोखरेलले शिलान्यास गरे । शिलान्यास कार्यक्रममा अध्यक्ष अज्र्याल, उपाध्यक्ष उमा रेग्मी टंकप्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।
पार्क निर्माणका लागि जग्गाधनी टिकाराज ढकालले सहुलियत दरमा जमिन उपलब्ध गराउने भएका छन् ।
२ विगाहा ८ कठ्ठा जमिन मध्ये अज्र्यालले १४ कठ्ठा जमिन बैना गरिसकेको बताए । बाँकी जमिन खरिदका लागि सहयोगी दाताको खोजि गरिने उनले बताए । विराटनगर महानगरपालिका भित्र एउटा पनि रमणीय पार्क नभएकाले बृद्धाश्रमको अभियान सकिएकोले दैनिक एक रुपैयाँ संकलन गरेर पार्क निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।
पार्क क्षेत्र विस्तारमा पार्क आसपास रहेका ऐलानी जमिनका लागि वडा कार्यालयले सहजीकरण गर्ने वडाध्यक्ष पोखरेलले बताए । पार्क निर्माणका लागि वडा कार्यालयले हातेमालो गर्ने उनको भनाई छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । सोही...

प्रदेश १ मा ७६९ संक्रमित थपिए, ५ जनाको मृत्यु

विराटनगर, २९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा...

प्रदेश २ मा थप १२१ जनामा संक्रमण

जनकपुर, २२ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । सर्लाही र सिरहामा दुई/दुई जना र पर्सामा एकजना गरी पाँचजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकमध्ये...

प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथालाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारबाही गर्न निर्देशन

काठमाडौं, ६ साउन-संसदको विकास तथा प्रविधि समितिले श्रमजीवी ऐनविपरीत कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुनअनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना...

हाइल्याण्ड स्कुलको वार्षिकोत्सव भव्य

  [caption id="attachment_47360" align="alignnone" width="1360"] पुरस्कार प्रदान गर्दै ६ नं. वडाध्यक्ष जय तामाङ ।[/caption] शनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे ८ मा स्थापित हाईल्याण्ड ईङ्लीस बोडिङ स्कुलले सांस्कृतिक कार्यक्रम र अभिभावक दिवस सम्मन्न गरको छ । आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्