प्रहरी तेस्रो तहमा बसेर पनि पहिलो तहको परिणाम दिन सफल भएका छौं : डिआइजी ईश्वर कार्की

 न्यूज विराट
प्रहरी तेस्रो तहमा बसेर पनि पहिलो तहको परिणाम दिन सफल भएका छौं : डिआइजी ईश्वर कार्की

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले सीमा सुरक्षा व्यवस्थापनमा प्रहरी प्रशासन तेस्रो तहमा रहेर पनि अग्रपंक्तिमा काम गरेको बताएका छन् ।
प्रदेश प्रहरीको नेतृत्व सम्हालेको १५ दिनपछि सोमबार प्रदेश प्रहरी कार्यालय परिसरमा संचारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपाल सरकारले सीमा सुरक्षा व्यवस्थापनमा तीन तहको संरचना बनाएको छ । पहिलो तहमा भन्सार तथा राजस्व विभाग, दोस्रो तहमा सशस्त्र प्रहरी बल, र तेस्रो तहमा नेपाल प्रहरी रहने व्यवस्था छ । डिआइजी कार्कीले नेपाल प्रहरी तेस्रो तहमा मात्र सीमित नरही, धेरैपटक पहिलो तहको भूमिकासमेत निर्वाह गर्दै आएको बताए ।
उनले तथ्याङ्कको हवाला दिँदै भने, ‘हामी तेस्रो तहमा बसेर पनि पहिलो तहको परिणाम दिन सफल भएका छौं । सीमामा हामीले गरेका हस्तक्षेप, नियन्त्रण तथा अनुसन्धानले त्यसको पुष्टि गर्छ ।’ उनले यसप्रकारको भूमिकाले प्रहरीको कार्यक्षमता र समर्पण स्पष्ट भएको उल्लेख गरे ।
डिआइजी कार्कीले कोशी प्रदेशमा लागूऔषध समस्या अत्यन्त गम्भीर अवस्थामा रहेको जनाउँदै यसलाई आफ्नो प्रमुख प्राथमिकतामा राखिएको बताए । ‘ड्रग्सको सहज उपलब्धता, विशेष गरी सीमावर्ती भारतीय बजारबाट नेपाल भित्रिने प्रवृत्ति, हाम्रो लागि चिन्ताको विषय हो,’ उनले भने ।
डिआइजी कार्कीका अनुसार लागूऔषधको रोकथामका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वयमा रहेर संयुक्त कार्यक्रम संचालन गरिनेछ । भारतसँग सिधा सिमा जोडिएका जिल्लाहरुमा लागूऔषधको अबैध ओसारपसार बढेको उल्लेख गर्दै उनले भारतीय पक्षसँग काउन्टरपार्ट मिटिङमार्फत गम्भीर छलफल भइरहेको जानकारी दिए ।
डिआइजी कार्कीले १५ दिनमा कोशी प्रदेश प्रहरीले अपराध नियन्त्रणको क्षेत्रमा उल्लेखनीय सफलता हात पारेको दाबी गरे । १५ दिनको छोटो अवधिमा ४५ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जानकारी दिँदै उनले अपराध नियन्त्रणमा प्रहरी गम्भीर रहेको सन्देश दिन खोजे । उनले भने, ‘प्रहरीको मूल काम भनेको कानूनको पालना गराउनु हो । कोशी प्रदेशमा कुनै पनि अपराध भएमा त्यसको तत्काल अनुसन्धान गरेर दोषीलाई कारवाहीको दायरामा ल्याइनेछ ।’
तस्करी नियन्त्रण, चोरी निकासी रोकथाम, र भन्सार छल गर्नेहरुको विरुद्धमा गरिएको कारवाहीबाट प्रदेश प्रहरीले ४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको डिआइजी कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

तीन जना नगर प्रहरीलाई महानगरले हटायो, प्रहरी कुटने यादवलाई भने उन्मुक्ति

विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवल्दार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको छ । नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई...

पैसा बाँड्ने क्रममा भागदौड हुँदा ३ जनाको मृत्यु

एजेन्सी, जेठ ९-श्रीलंकाको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । एक व्यापारीले आफ्नो गोदाममा बोलाएर कोरोना भाइरसका कारण संकटको सामना गरिरहेकाहरुलाई पैसा बाँडेका...

जलेको अवस्थामा वृद्धको शव फेला

तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका एक वृद्धजंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् । मंगलबारदेखि हराइरहेका चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार फेला परेका हुन् । मंगलवार सो जंगलमा आगलागी समेत...

प्रदेश १ मा दलित अधिकारका लागि ऐन बन्ने, अधिकार सम्पन्न संरचना समेत स्थापना गरिने

विराटनगर, २७ जेठ । प्रदेश १ मा दलित समुदायको अधिकार सूनिश्चीतताका लागि ऐन बन्ने भएको छ । प्रदेश १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति...

पूर्वमन्त्री यादवले गरिदिए ५० पत्रकारको कोरोना बिमा

जनकपुरधाम, २३ जेठ-नेपाल पत्रकार महासंघ धनुषाले जिल्लाका ५० पत्रकारको कोरोना बिमा गरेको छ । बिमाको लागि आवश्यक रकम भने पूर्वमन्त्री एवं संघीय सांसद मातृकाप्रसाद यादवले गरेका हुन् । कारोना महामारीको उच्च जोखिममा रहेर आम नागरिकको...

प्रचण्ड-नेपाल समूहको आमहड्तालका कारण परीक्षा रोकिँदैन : त्रिवि

त्रिभुवन विश्वविद्यालयले आमहड्तालका कारण परीक्षा नरोकिने स्पष्ट पारेको छ । नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्ताल घोषणा गरेपछि त्रिविले परीक्षा नरोकिने बताएको हो । ‘आमहड्तालले परीक्षा रोकिँदैन । आमहड्ताल घोषणा गरेको पक्षबाट परीक्षालाई असर नपार्ने भन्नु...

हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना

रोटरी इन्टरशनेशनल डिस्ट्रीक्ट ३२९२ नेपाल-भूटान २०२१/२२ को डिस्ट्रीक्ट गभर्नर पदमा चयन हुनुभएकोमा रोटरियन सन्तोष प्रसाद रिजाल र प्रथम महिला रोटरियन नविनिता रिजाल ज्यूलाई हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । –रोटरी क्लब अफ...

ऋषिकेसका पुर्व स्वकीयसचिव धरौटिमा रिहा

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने मोरङ अदालतले आदेश दिएको छ ।मोरङ अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ठगी आरोपमा पक्राउ परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्