विराटनगरबाट काठमाण्डौ पठाएको प्रेम संञ्जेलको समान चोरी, यति एयरलाइन्समाथि लगाए यस्तो आरोप

 न्यूज विराट
विराटनगरबाट काठमाण्डौ पठाएको प्रेम संञ्जेलको समान चोरी, यति एयरलाइन्समाथि लगाए यस्तो आरोप

विराटनगर । विराटनगरबाट यति एयरलाइन्समार्फत काठमाण्डौ पठाएको कार्गो चोरी भएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । नेपाल सरकारको उपसचिव पदबाट अवकासप्राप्त प्रेमप्रसाद सञ्जेलले १० जेठमा यति एयरमार्फत पठाएको ५० हजार रुपैयाँ मूल्य बराबरको औषधी, लत्ताकपडा र अन्य उपभोग्य वस्तुहरूको कार्गो चोरी गर्ने उद्देश्यले कार्टुन फुटाइएको अवस्थामा काठमाण्डौ पुगेको उनले आरोप लगाएका छन् ।

सञ्जेलका अनुसार बिजुलीको तारले कसेर बाँधेको दुईवटा कार्टुन तार काटेर च्यातिएको अवस्थामा काठमाण्डौ पुगेको छ। साधारण कुरियरभन्दा जहाजमा छिटो र सुरक्षित पुग्ने विश्वासमा महँगो ढुवानी शुल्क तिरेर कार्गो पठाएको तर ढिलो पुगेको र कार्टुन च्यातिएको अवस्थामा आफन्तलाई बुझाइएको उनले बताए। यति एयरका कर्मचारीहरूले चोरी गर्ने नियतले तारले बाँधेको कार्टुन समेत फोडेको तर पछि आफ्नो नाम देखेर डरले फेरि मालसामान च्यातिएकै कार्टुनमा राखेर काठमाण्डौ पठाएको उनले बताए ।
यति एयर विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले सुरुमा आफूहरूबाट गल्ती भएको भन्दै माफी मागेर समान बुझाइदिन र घटना बाहिर नल्याउन अनुरोध गरेको सञ्जेलले बताए। तर पछि कुँवरले कार्गो लोड– अनलोड गर्ने क्रममा तानिँदा कागजको कार्टुन च्यातिएको हुनसक्ने बताए।
पूर्व निजामती कर्मचारी सञ्जेलले सुरक्षित एयरपोर्टबाट जहाजमार्फत पठाएको सामानको सुरक्षाबारे प्रश्न उठेकोले नियमनकारी निकायलाई थप सचेत र जिम्मेवार बनाउन घटना सार्वजनिक गरेको बताए। उनले भने, ‘हामी सचेतहरूले पठाएको कार्गोको अवस्था यस्तो हुन्छ भने सर्वसाधारणले पठाएको समानको के होला ? ।’

सम्बन्धित समाचार

हत्यामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी पक्राउ

भोजपुर—भोजपुर र खोटाङमा हत्या घटनामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी लाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वर ओडारे टोलस्थित चम्पिरा भीरमा ०७४ माघ २७ मा मृत भेटिएका पूर्णबहादुर सुयलको हत्यामा संलग्न भनिएका व्यक्ति...

उपत्यकामा ८ सहित आज २२ संक्रमितको मृत्यु

काठमाडौं, २५ असोज-आज देशभर २२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । आइतबार १७ पुरुष र पाँच महिला संक्रमितको मृत्यु भएको हो । मृतक ३८ देखि ९८ वर्ष उमेर समूहका छन् ।  आइतबार...

कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’

काठमाडौं, २४ कात्तिक-कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ ।मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा सुरु गरेको मन्त्रालयका...

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने...

सम्राट स्पोर्टिङलाई मोरङ ‘ए’ डिभिजन लिगको उपाधि

विराटनगर । विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो । खेलको निर्धारित...

एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने, ५ हजार भन्दाबढीको सहभागिता गराउने दाबी

विराटनगर । दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले यहि कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । आज बसेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा बसेको बैठकले...

महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

भादगाउँ, २८ असोज-भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम...

निर्वाचन आयोगमा जसपाको हेड काउन्ट : सनाखतका बेग्लाबेग्लै ठाउँ

जनता समाजवादी पार्टि (जसपा) का नेता कार्यकर्ता निर्वाचन आयोग पुगेका छन् । जसपा आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्