एमालेमा भाँडभैलो ल्याउने मानगढ खानेपानीमा ढकाल समूहका लालमणी निर्वाचित

 न्यूज विराट
एमालेमा भाँडभैलो ल्याउने मानगढ खानेपानीमा ढकाल समूहका लालमणी निर्वाचित

विराटनगर । विराटनगर ३ स्थित मानगढ खानेपानी आयोजनाको व्यवस्थापन गर्ने विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा नेकपा एमालेको विद्रोही समूहका उम्मेदवार लालमणी भट्टराई निर्वाचित भएका छन् ।

भट्टराईले १ हजार ८८९ मत प्राप्त गर्दै एमाले संस्थापन पक्षका उम्मेदवार रामबहादुर घिमिरे १ हजार १५४ मत र कांग्रेस उम्मेदवार दुर्गा चापागाईं ६३५ मत लाई पराजित गरेका हुन् ।

पराजित घिमिरे वर्तमान अध्यक्षसमेत हुन् । उपभोक्ता समितिको महिला उपाध्यक्षमा सावित्रा पोखरेल निर्वाचित भइन् । खुला उपाध्यक्षमा भोलानाथ घिमिरे निर्वाचित भए । सचिवमा प्रदीपकुमार नेपाल निर्वाचित भए । कोषाध्यक्षमा सरोज घिमिरे निर्वाचित भए । कोशी प्रदेशमा नेकपा एमाले भित्र विद्रोही समूहको नेतृत्व विनोद ढकालले गरिरहेका छन् । कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय ढकाल अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहमा छन् ।

गत वर्ष मानगढ खानेपानीकै निर्वाचनको विषयले एमाले मोरङमा भाँडभैलो मच्चिएको थियो । संस्थापन पक्षले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै ढकाल समूहका तत्कालीन नगर अध्यक्ष सागर थापा, नवराज नेपाल र लालमणि भट्टराईलाई कारबाही गरेको थियो । एमालेको आन्तरिक कलहका कारण २०८१ जेठ १९ गते भएको मतदान विवादित बन्यो । उच्च अदालत विराटनगरले पुनः मतदान गर्नुपर्ने फैसला गरेको थियो ।

यसअघि दिव्यराज कट्टेलसहित तीन जनाले मतपेटिकाको मत गणना गर्न र टंकप्रसाद खतिवडासहित अन्य तीन जनाले पुनः मतदानको माग गर्दै छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
मानगढ खानेपानीको विवादको असर १० औं मोरङ जिल्ला अधिवेशन र विराटनगर महानगरको अधिवेशनमा देखिएको थियो । गत फागुनको जिल्ला अधिवेशनमा ढकाल समूहका अजम्बर राई अध्यक्षमा निर्वाचित भएका थिए । वैशाख २–३ गतेको विराटनगर महानगर अधिवेशनमा पनि ढकाल समूहका बलराम गिरी अध्यक्षमा निर्वाचित भएका थिए ।
एमाले मोरङ उपाध्यक्ष सागर थापाले एक वर्षअघि मानगढ खानेपानीबाट सुरु भएको विवाद मानगढमै आएर टुंगिएको भन्दै राम्रो सन्देश दिएको बताए । नेकपा एमाले नेता विनोद ढकालले सार्वजनिक संस्थानमा पार्टीले हस्तक्षेप गर्न नहुने सन्देश दिएको बताए ।
मानगढ खानेपानी आयोजनामा ५ हजार ९८८ उपभोक्ता मतदाता रहेका थिए । शनिबारको निर्वाचनमा ३ हजार ९६४ मत खसेको थियो भने २ हजार २४ जना मतदानमा सहभागी भएनन् ।

सम्बन्धित समाचार

आज ३ हजार ९३ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित...

अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था

काठमाडौं, १ बैशाख-कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार...

क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दिपेश कँडेल विराटनगरमा सम्मानित

विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित छलफल, अधिकतम पदक जित्ने गरी तयारीमा लाग्न जोड

विराटनगर । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट प्रतिनिधित्व गरेर जाने खेलाडीहरुले अधिकतम पदक जित्ने गरी तयारीमा लाग्नुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरमा शुक्रबार भएको १० औँ...

घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

काठमाडौं, १२ जेठ-अरबी पात्रो हिजरी संवतअनुसार १० औँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् ।  १० औँ महिनाको पहिलो दिन...

खानेपानी विभागको स्वर्ण जयन्तीः इलाम बन्यो उत्कृष्ट आयोजना कार्यालय

विराटनगर, ४ मंसिर । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलाम उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । खानेपानी विभागको ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) को अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट आयोजना कार्यालयका रुपमा...

अर्थतन्त्र सुधार्न तत्काल आर्थिक संकटकाल घोषणा गर्नुपर्छ:दुगड

काठमाडौं । नेकपा (एमाले)का उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोति दुगडले देशको अर्थव्यवस्था सुधार्न आर्थिक संकटकाल लगाउनुपर्ने बताएका छन् । आइतबार एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी छलफल कार्यक्रममा उनले देशको आर्थिक अवस्था...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्