सहमति भएपछि अनेरास्ववियु क्रान्तिकारीले लगाएको तालाबन्दी खुल्यो

 न्यूज विराट
सहमति भएपछि अनेरास्ववियु क्रान्तिकारीले लगाएको तालाबन्दी खुल्यो

विराटनगर । त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले लगाएको तालाबन्दी आज सहमतिको माध्यमबाट खुल्ला गरिएको छ । पाँच दिनदेखि चलेको तालाबन्दी वार्ताका माध्यमबाट समाधान गरिएको हो।
संगठनले गत जेठ ६ गते कार्यालय प्रमुख डा गोविन्द गुरागाईंको कार्यकक्षमा तालाबन्दी गरेको थियो। बीबीएस र बीएससी पुरानो कोर्सका मौका परीक्षार्थीहरूको परीक्षा केन्द्र टाढा तोकिएको विषयमा उठेको असन्तुष्टि नै मुख्य कारण थियो।
कोशी र मधेश प्रदेशका केही जिल्लाका १०६ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको मौका परीक्षाको केन्द्र झापाको दमक बहुमुखी क्याम्पसमा तोकिएको थियो। यस निर्णयले सोलुखुम्बुदेखि ताप्लेजुङ र सप्तरी सम्मका विद्यार्थीलाई लामो दूरी यात्रा गर्न बाध्य बनाएको भन्दै संगठनले विरोध जनाएको थियो।
विद्यार्थी नेताहरूले परीक्षा नियन्त्रक कार्यालयका प्रमुख डा गुरागाईं तालाबन्दीको अवधिमा कार्यालयमा उपस्थित नहुनु, विद्यार्थीहरूका गुनासोप्रति बेवास्ता गर्नु र समन्वयको कमी भएको आरोप लगाएका थिए।
प्रारम्भिक वार्ता जेठ ८ गते परीक्षा नियन्त्रक कार्यालयको पहलमा सम्पन्न भएको पहिलो वार्तामा कार्यालय प्रशासन प्रमुख गोपाल प्रसाद घिमिरे, डा. गोविन्द गुरागाईं, डिग्री क्याम्पसका प्रमुख ढकबहादुर मगर र विद्यार्थी संगठनका अध्यक्ष प्रितम साह, इन्चार्ज शशी यादव लगायतको सहभागिता थियो।
आइतबार बसेको औपचारिक वार्तामा कार्यालयको तर्फबाट प्रमुख गोपाल प्रसाद घिमिरे, सह परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईं र क्याम्पस प्रमुख ढकबहादुर मगरको सहभागिता थियो।
अनेरास्ववियुको तर्फबाट महानगर उपाध्यक्ष केशव राजवंशीको नेतृत्वमा कोषाध्यक्ष आशिष राय, सदस्य चन्दन यादव, महानगर अध्यक्ष प्रितम साह, इन्चार्ज शशी यादव र डिग्री क्याम्पसका अध्यक्ष दर्शन शाहले भाग लिएका थिए।

सम्बन्धित समाचार

एभरेष्ट बैंकबाट डेढ करोड चोरी, गिरोहका मुख्य योजनाकार र प्रबन्धकसहित ९ जना पक्राउ

विराटनगर । एभरेष्ट बैंक इटहरी शाखाबाट ३३ जना बचतर्कताहरूले जम्मा गरेको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ बैंकका कर्मचारीको मिलेमत्तोमा निकालेको पाइएको छ ।बैंकका उदयपुरका अपरेशन मेनेजर विराटनगर – ८ का ३४ वर्षीय...

नेपाल दक्षिण एसियाको उदाउदो सूर्य – अध्यक्ष ओली

काठमाडौं,१३ पुस । नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई पन्च गठबन्धनको बिकास बिरोधि कठपुतली भएको बताउनुभयो । सोमवार एमाले गौरादह नगर कमिटि द्वारा वडा नं. ४ स्कुलचौनमा आयोजित भेटघाट कार्यक्रममा सम्बोधन गर्दै ओलीले उक्त...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज हुँदा १३५ संक्रमित थपिए

विराटनगर, १९ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ सय ९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज...

झापाको दमकका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि

झापा,  २० असोज-झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा...

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु , आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ। आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए। ‘मंसिर ११, १२,...

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ माघ । नेपालमा एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि...

काठमाडौंकी कोरोना संक्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी

काठमाडौं, ३१ वैशाख-मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।...

पत्रकार किशोर बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्