मानगढ खानेपानीको निर्वाचन : लालमणि भट्टराईले अग्रता बढाउँदै

 न्यूज विराट
मानगढ खानेपानीको निर्वाचन : लालमणि भट्टराईले अग्रता बढाउँदै

विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना सञ्चालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतगणना जारी रहेको छ।

मतगणनाको सुरुवाती चरणदेखि नै अध्यक्षका उम्मेदवार लालमणि भट्टराईले अग्रता बनाइरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार १ हजार ८० मत गणना हुँदा भट्टराईले ५३२ मत प्राप्त गर्दै १८८ मतको स्पष्ट अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी राम बहादुर घिमिरेले ३४४ मत प्राप्त गरेका छन् भने अर्को उम्मेदवार दुर्गा चापागाईँले १५५ मत प्राप्त गरेका छन्। शनिबार राति साढे ११ बजेदेखि सुरु भएको मतगणनामा हालसम्म विराटनगर महानगरपालिका–१ र वडा नम्बर ३ को मत गणना भइसकेको छ।

मानगढ आयोजना अन्तर्गत कुल ५ हजार ९८८ उपभोक्ता मतदाता रहेकोमा ३ हजार ९६४ मत अर्थात् ६६ प्रतिशत मत खसेको थियो।उपाध्यक्षतर्फ चापागाईँ प्यानलका खुल्ला उपाध्यक्षमा भोला घिमिरेले ३४६ मत लयाएर अगाडी रहेका छन् भने महिला उपाध्यक्षमा सावित्रा कुमारी न्यौपानेले ३६७ मत ल्याएर अग्र स्थानमा छन्। सचिव पदमा भने भट्टराई प्यानलका प्रदीप कुमार नेपालले ४७२ मत ल्याएर अग्रता बनाएका छन्। कोषाध्यक्षतर्फ चापागाईँ प्यानलका राजेन्द्र कुमार पोखरेल र राजेन्द्र कुमार पोख्रेल राजनले समान २८४ मत ल्याएका छन् ।

सम्बन्धित समाचार

४४ जना सहसचिव तथा उपसचिवहरुको सरुवा

काठमाडौं, १९ जेठ-गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार सुर्खेतका...

बिहीबार सबै अदालत बन्द

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि बुधबार दिउँसो बसेको सर्वोच्च अदालतको...

उपत्यका विकास प्राधिकरण खारेज गर्न मेयरहरुको माग

काठमाडौ‌ं, २६ जेठ-उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो...

कटहरी गाउँपालिका अध्यक्ष चौधरीलाई कारवाहीको माग, कारवाही नगरे पार्टीबाट राजिनामा दिने चेतवनी

विराटनगर । मोरङ कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पार्टीका नेताहरूलाई बेवास्ता गरेको र उनीहरूको कामलाई असहयोग गरेको भन्दै कारवाहीको माग राखेका छन् । गाउँपालिकाभित्र रहेका क्षेत्रीय र प्रदेश प्रतिनिधि, पालिका सभापतिसहित पदाधिकारी, सातवटै वडाका सभापतिसहितको...

कोरोनाबाट १ भारतीयसहित ३ जनाकाे मृत्यु

काठमाडौं, १२ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा १ भारतीय नागरिकसहित २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको...

प्रधानन्यायाधीशले बाेलाए फुलकोर्ट

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरि फुलकोर्ट बोलाइएको हो । बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने छन् । यसअघि बुधबार...

काठमाडौं उपत्यकामा आज ५४१ जनामा कोरोना संक्रमण

शुक्रबार काठमाडौं उपत्यकामा ५ सय ४१ कोरोना संक्रमित थपिएका छन् । समंक्रमितमध्ये २ सय ३६ महिला र ३ सय ५ जना महिला हुन् ।  आज देशभर ७ हजार ४ सय १४ को पीसीआर गर्दा १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्