किड्स भिलेजले दियो अभिभावकलाई अभिमुखीकरण

 न्यूज विराट
किड्स भिलेजले दियो अभिभावकलाई अभिमुखीकरण

विराटनगर । विराटनगर ५ कृषिमार्गस्थित मुनालपथमा रहेको किड्स भिलेज विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासका लागि अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
शनिबार मोरङ उद्योग तथा व्यापार संघको सभाकक्षमा आयोजित उक्त कार्यक्रमको सहजीकरण शैक्षिक अभियन्ता अभिषेक घिमिरेले गरेका थिए। कार्यक्रममा अभिभावकहरूले तार्किक र व्यवहारिक तर्क तथा जिज्ञासा राखेका थिए।
विद्यालयका प्रधानाचार्य विजय दाहालले यस्ता कार्यक्रमहरूमा सहजकर्ता र अभिभावकहरूबीच भएको छलफलले विद्यार्थीको चौतर्फी विकासका लागि उपलब्धिमूलक परिणाम दिने बताए।
सहजकर्ता अभियन्ता घिमिरेले अभिभावकहरूले उत्साहपूर्वक उपस्थिति जनाई विद्यार्थीको विकासका लागि चासो देखाएको बताए। उनले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालय एक्लैले मात्र गर्न नसक्ने र त्यसका लागि परिवार तथा समाजको पनि उत्तिकै भूमिका हुने धारणा राखे।
कार्यक्रममा किड्स भिलेजका अध्यक्ष मदन खतिवडा, प्रबन्ध निर्देशक पंकज जैन, निर्देशकहरू नवजित प्रधान तथा निरु पौडेल लगायत विद्यालयका शिक्षकहरूको बाक्लो उपस्थिति रहेको थियो।
यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तित्व विकासमा अभिभावक र विद्यालयबीचको समन्वयलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

आजदेखि ४ दिन यो वर्षकै धेरै पानी पर्ने, सतर्क रहन मौसमविद्को

काठमाडौं, २५ असार-देशका विभिन्न ४ वटा प्रदेशमा आगामी ४ दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने मौसमविद्ले बताएका छन् । आजदेखि २८ असारसम्म प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन...

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलले निर्णाय गरेको छ । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री...

भ्यालेनटाईन डे’ मा विराटनगरमा सविन राईको सांगीतिक साझ हुने

विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवस विराटनगरमा सविन राईको संगीतमय साँझ हुने भएको छ । विराटनगरका संगीत प्रेमीहरुको लागि अहिलेका युवा पुस्तामा निक्कै रुचाइएका गायक सविन राई एण्ड ‘फारोह’ व्याण्डले प्रेम दिवसमा संगीतमय बनाउने...

अक्सिजन ल्याउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने...

अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

वायु प्रदूषण उच्च भएका कारण सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘बालबालिकालाई असर गर्ने भएकाले चार दिन विद्यालय...

शंंकास्पद ५ सय ६९ को कोरोना परीक्षण, अहिलेसम्मका सबै नेगेटिभ

सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना...

सामान्य अंकले नेप्से बढ्दा पनि ५६ कम्पनीले कमाए नाफा

काठमाडौं, ७ असोज । यो साताको अन्तिम कारोबारको दिन नेप्से सूचक सामान्य अंकले बढेपछि ५६ कम्पनीले नाफा कमाएका छन् । बिहीबार कारोबारमा आएका २ सय २८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २ सय ६६...

सिके राउत नेतृत्वको पार्टीका नेता-कार्यकर्ताद्वारा पार्टी परित्याग

सिरहा, २४ असार-डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका २ जना पूर्वजिल्ला संयोजकसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्