विराटनगर – विराटनगर २ स्थित शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय ‘नृत्योपासना’ले विद्यार्थीहरूको वार्षिक मूल्याङ्कन परीक्षा सफलतापूर्वक सम्पन्न गरेको छ।
बिहिबार र शुक्रबार गरी दुई दिनसम्म सञ्चालन भएको यो मूल्याङ्कन परीक्षामा प्राथमिक तहदेखि चौथो वर्षसम्मका कुल २२ जना छात्राहरूले सहभागिता जनाएका थिए। सबै सहभागी छात्राहरू परीक्षामा उत्तीर्ण भएर अर्को चरणमा प्रवेश गरेका छन्।
विद्यार्थीहरूलाई भरतनाट्यम विधामा प्रशिक्षण प्रदान गर्दै आएकी नृत्योपासना विराटनगरकी सञ्चालक तथा प्रशिक्षक सन्तोष निधि राठीले भारतको चेन्नाईबाट यस विधामा स्नातकोत्तर तह पूरा गरेकी हुन्। उनले विद्यार्थीहरूलाई गुणस्तरीय नृत्य प्रशिक्षण उपलब्ध गराइरहेकी छिन्।
परीक्षा सम्पन्न भएपछि आयोजित समारोहमा सफल विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। यस अवसरमा विद्यार्थीहरूका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।
प्रशिक्षक राठीका अनुसार नृत्योपासना विराटनगरमा शास्त्रीय संगीतका विभिन्न रागहरूमा आधारित नृत्य प्रशिक्षण नियमित रूपमा सञ्चालन भइरहेको छ। यस संस्थाले स्थानीय युवाहरूमा शास्त्रीय नृत्यप्रतिको रुचि बढाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो । विवेकशील नेपाली...
विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–२ बाट गोसाई पोखरीनजिकबाट प्रहरीले बुधबार डेढ किलोभन्दा बढी चाँदी बरामद गरेको छ । सीमा क्षेत्रको दशगजाबाट प्रहरीले चाँदीका गरगहना र मूर्ति बिहान ११ः१५ बजेतिर बरामद गरेको हो...
विराटनगर, १३ असोज । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती...
विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे । पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा...
काठमाडौं, १९ असार-लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बम्जनको मुद्दा अदालतमा दायर भएको छ । सर्लाहीकी एक आफ्नै अनुयायी बलात्कार गरेको अभियोग लागेका बम्बजको मुद्दा शुक्रबार जिल्ला अदालत सर्लाहीमा दायर गरिएको हो । उनलाई बलात्कार अभियोगमा...
काठमाडौं, २ कात्तिक-नेपाल स्टक एक्सचेञ्जले वार्षिक रूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ । स्टकले आज एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएकाले...
नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँले बढेर आएको छ । बुधबार इन्डियन आयाल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा १६ रुपैयाँ ३७ पैसा र डिजेलमा २४ रुपैयाँ ४९ पैसा मूल्य बढेको निगमका निर्देशक...
सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार...