मोरङको कदमहामा बिहेमा डिजे नाचकै कारण झडप, पाँच जना घाइते

 न्यूज विराट
मोरङको कदमहामा बिहेमा डिजे नाचकै कारण झडप, पाँच जना घाइते

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ कदमहास्थित एक बिहेघरमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भजनलाल सहनीकी छोरीको बिहेमा शुक्रबार राति साढे ११ बजे तिर झडप भएको हो। बिहेको कार्यक्रम चलिरहेको बेला डिजेमा नाच्ने क्रममा विवाद सुरु भई दोहोरो झडपमा परिणत भएको थियो।
मदिरा सेवन गरेका जन्ती (बेहुला पक्ष) र स्थानीय घरगाउँले बेहुली पक्ष बीच विवाद चर्किँदा झडप भएको प्रहरीको भनाइ छ। झडपमा परेर धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये वीरेन्द्र र श्रवण बेहुली पक्षका हुन् भने अन्य तीन जना जन्ती हुन्। सबै घाइतेलाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो। तीमध्ये तीन जनाको टाउकोमा चोट लागेको छ र टाँका लगाइएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको र केही उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ।

बिहे स्थलमा कुर्सी तथा मण्डपसमेत तोडफोड गरिएको थियो। झडपपछि वातावरण तनावग्रस्त बनेपछि बेहुलीलाई तत्काल अन्माएर पठाइएको थियो। जन्तीहरु राति करिब १ बजे बेहुला–बेहुली लिएर विराटनगर फर्किएका थिए। प्रहरीले जन्ती फर्कने क्रममा लामो दूरीसम्म सुरक्षा दिइएको जनाएको छ।

झडपमा संलग्न व्यक्तिहरुको पहिचान प्रक्रिया जारी रहेको र घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय रंगेलीले गरिरहेको डीएसपी जोशीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

जुवाखालबाट ६ लाख रुपैयाँसहित कांग्रेस जिल्ला सभापति पक्राउ

काठमाडौं । बौद्धस्थित एक जुवाखालबाट दोलखाका कांग्रेस जिल्ला सभापति वर्मा लामासहितका जुवाडे पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा बिहीबार राति जुवाघरमा छापा मार्दा कांग्रेस नेता समातिएका हुन्। जुवाखालबाट ६ लाख रुपैयाँ पनि बरामद...

बोको हरामद्धारा १८ सर्वसाधारणको हत्या

काठमाडौं, १९ साउन -क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ ।  सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको...

यौन दुर्व्यवहारको आरोपमा गैसस महासंघ मोरङ अध्यक्ष राजेन्द्र ढकाल पक्राउ

विराटनगर, १५ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत रहेका विराटनगर–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई मोरङ प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो...

मिस कोशीको फाइनल शनिबार, कसको शिरमा पहिरेला ताज ?

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना...

निजी विद्यालयले अनलाइन कक्षा चलाएबापत शुल्क लिन पाउने

काठमाडौं, १९ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने बताएका छन् । शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् ।  ‘निजी विद्यालयले...

एसविएससि सिङ्गिङ स्टारको छनोट चरण सकियो, सेमिफाइनलमा १ सय १६ जना छनौट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो ।संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गङ...

अन्य प्रदेशमा पनि विराटनगरले अक्सिजन धान्दै

विराटनगर, २ जेठ । देशभर अक्सिजनको समस्या भएपछि विराटनगरले सो आवश्यकता धानीरहेको छ । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुको मृत्यु हुन थालेपछि सुदुरपश्चिम, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशले पनि विराटनगरबाट अक्सिजन लैजान थालेका हुन् ।...

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । विराटनगर २ स्थित बुढानीलकण्ठ माध्यमिक विद्यालयमा सोमबार शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाफल वितरणको अवसरमा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । विगत ४१ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्